free website hit counter

डिप्रोक्स लघुवित्तको घट्यो नाफा

beemaadmin
२०८० कार्तिक २३, बिहीबार

काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा संस्थाले ८ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा १०.९६ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा संस्थाले ९ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा पनि १०.९६ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले १४ करोड १६ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेकोमा समीक्षा अवधिमा घटेर १२ करोड ६० लाख रुपैयाँमा सीमित बनेको छ। पहिलो त्रैमासमा संस्थाले ३३ करोड ४२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी ३३ करोड २४ लाख रुपैयाँ थियो। यो हिसाबले खुद ब्याज आम्दानी पनि ०।५३ प्रतिशतले घटेको छ। पहिलो त्रैमासमा संस्थाको खराब कर्जा अनुपात ९एनपीएल० बढेर ५।१४ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा एनपीएल ३।६८ प्रतिशत थियो। एनपीएल बढेसँगै संस्थाले छुट्याउने इम्पेयरमेन्ट चार्ज पनि बढेर ४ करोड ८९ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो चार्ज ३ करोड ९५ लाख रुपैयाँ थियो। चुक्तापुँजी १ अर्ब ५५ करोड रुपैयाँ संस्थाको रिजर्भको आकार ३.३९ प्रतिशतले बढेर १ अर्ब २० करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा १ अर्ब १६ करोड रुपैयाँ रहेको थियो। समीक्षा अवधिमा संस्थाले ९ अर्ब ८३ करोड रुपैयाँ सापटी लिई २१ अर्ब २६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले ८ अर्ब ८५ करोड रुपैयाँ सापटी लिई २० अर्ब २३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो। वार्षिकीकृत संस्थाको ईपीएस घटेर २२।७६ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस ३४.२९ रुपैयाँ थियो। पीई रेसियो ३१।१९ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ २२१.१६ रुपैयाँ रहेको छ।

सम्बन्धित समाचार

कक्षा १२ को परीक्षा सुरु

beemaadmin
२०८३ बैशाख १४, सोमबार

नेपाल बैंकले कमायाे २ अर्ब ७९ करोड नाफा

beemaadmin
२०८३ बैशाख १४, सोमबार

एभरेस्ट बैंकको नाफा ३ अर्ब ३२ करोड

beemaadmin
२०८३ बैशाख १४, सोमबार