free website hit counter

डिप्रोक्स लघुवित्तद्वारा लाभांश घोषणा

beemaadmin
२०८२ मंसिर २५, बिहीबार

काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २५ गते बिहान बसेको सञ्चालक समितिको ३८५ औं बैठकले आर्थिक वर्ष २०८१–८२ सम्मको वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरणको निर्णय गरेको हो । प्रस्तावित लाभांशमध्ये १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद लाभांश रहेको छ । हाल यो कम्पनीको चुक्तापूँजी १ अर्ब ८६ करोड ८२ लाख रुपैयाँ रहेको छ । जसअनुसार कम्पनीले १८ करोड ६८ लाख रुपैयाँको बोनस सेयर र ९ करोड ३४ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ । बोनस सेयर वितरणपछि कम्पनीको चुक्तापूँजी २ अर्ब माथि पुग्नेछ । प्रस्तावित लाभांश नियाम नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार