free website hit counter

डिभार्सी श्रीमानलाई सन्तान जिम्मा लगाउनु परेपछि आमाले गरिन् यति ठूलो अपराध

beemaadmin
२०७८ बैशाख ५, आईतवार

्एजेन्सी । आमा बाबुको डिभोर्सपछि बालबच्चाको अभिभावकत्व कसले लिने भन्ने विवाद सबैतिर हुन्छ । अदालदले जसको जिम्मा लगाउँछ बालबालिका उसैको आश्रयमा हुर्किन्छन् । तर एउटी आमाले डिभोर्स गरेका श्रीमानलाई आफ्ना सन्तान जिम्मा लगाउनु पर्ला भनेर यति ठूलो अपराध गरिन् कि त्यो सुन्दा आङ नै जिरिङ्ग बनाउँछ ।

आमालाई ममताको प्रतिमूर्ति मानिन्छ तर अमेरिकामा एक आमाले यसको ठिक विपरित काम गरेकी छिन् । उनले आफ्नै तीन सन्तानको हत्या गरेकी छिन् । लस एन्जल्समा एक महिलालाई आफ्नै ३ सन्तानको हत्याको अभियोगमा पक्राउ गरिएको छ । ३० वर्षकी लिलियाना क्यारिलोलाई तुलारे काउन्टी पुलिसले तीन सन्तानको हत्याको अभियोगमा पक्राउ गरेको हो । लस एन्जल्स टाइम्सका अनुसार हत्या गरिएका बच्चाहरुको उमेर ३ वर्ष, २ वर्ष र ६ महिना थियो । बच्चाकी हजुरआमाले बच्चाहरुलाई खोज्न थालेपछि हत्याको खुलासा भएको थियो । पुलिसले बच्चाहरुलाई कसरी मारियो भन्ने खुलासा गरेको छैन ।

स्थानीय मिडियामा भने बच्चाहरुलाई चक्कु हानेर मारिएको दावी गरिएको छ । अधिकारीहरुले बच्चाहरुको हत्याको उद्देश्य के थियो भन्ने विषयमा स्पष्ट भइसकेका छैनन् । पुलिस अधिकारी जोवेलले संवाददाताहरुलाई बताएअनुसार अनुसन्धानकर्ताहरुले महिलासँग कुरा गरिरहेका छन् र उनले बच्चाहरुलाई किन मारिन् भन्ने पत्ता लगाउने प्रयास गरिरहेका छन् ।

 

मृतक बच्चाहरुकी फुपु टेरी मिलरले फक्स ११ संग कुरा गर्दै क्यारिलो केही महिनादेखि मानसिक रुपमा बिरामी रहेको र बच्चाहरुको अभिभावकत्वको विषयमा उनको आफ्ना श्रीमानसँग विवाद रहेको बताएकी छिन् । मृतक बच्चाका पिता एरिक डेन्टनले पुलिस र बाल रक्षा सेवाको माध्यमबाट यो विषयमा सहयोग मागिरहेका थिए । उनी बच्चाहरुको अभिभावकत्व लिन चाहन्थे । अभिभावकत्व एरिकलाई दिइने भएपछि क्यारिलोले बच्चाहरुको हत्या गरेको अनुमान गरिएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार