free website hit counter

डेढ महिनापछि सम्धीकाे सपथ

beemaadmin
२०७७ आश्विन १६, शुक्रबार

काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरलको सम्धी उपेन्द्र कोइरालाले राष्ट्रिय वाणिज्य बैंकको सञ्चालकमा डेढ महिनापछि शपथ लिएका छन् । अर्थ मन्त्रालयले सञ्चालकमा नियुक्त गरेको झन्डै ४० दिनपछि बुधबार कोइरालाले शपथ लिएका हुन् । हाल सञ्चालक समितिको अध्यक्षता गरिरहेका अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्माले कोइरालालाई सञ्चालकको शपथ दिलाए ।

निवर्तमान अर्थमन्त्री युवराज खतिवडाले कोइरालालाई राष्ट्रिय वाणिज्य बैंकमा अध्यक्ष बनाउने गरी सञ्चालकमा नियुक्त गरेका थिए । विवादास्पद छवि भएका कोइरालालाई सरकारको पूर्ण स्वामित्वको एक मात्र बैंकको नेतृत्व सुम्पन लागेको भन्दै चर्को विरोध भएको थियो । सोही कारण सञ्चालकमा नियुक्त भएको करिब डेढ महिनासम्म बैंकले कोइरालालाई अध्यक्ष बनाउन सकेको छैन ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार