काठमाडौं । कोरोना बीमाको दाबी भुक्तानीका लागि परेका थुप्रै फाइल पेन्डिङमा रहेका बेला बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले कोरोना बीमाको दाबी भुक्तानी अब डेढ महिनामै भइसक्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यकारी निर्देशक पौडेलले समितिका नवनियुक्त अधयक्ष सुर्यप्रसाद सिलवालको पदभार तथा स्वागत कार्यक्रममा आफ्ना धारणा राख्दै कोरोना बीमाको दाबी भुक्तानी फाष्ट ट्रयाकमा भइरहेकोले अब डेढ महिनामै भुक्तानी भइसक्ने बताए । अहिले कोरोना बीमाको दाबी भुक्तानी फास्ट ट्रयाकमा भइरहेको छ, अबको डेढ महिनामै कोरोना बिमाको दाबी भुक्तानी भइसक्छ ।
यस्तै, उनले उनले बिमा ऐन संशोधनमा आवश्यकताअनुसार थप गर्दै जाने पनि बताएका छन् । अहिले ऐन संशोधनका लागि संसदमा भएकोले चाडै नै त्यो संशोधन भएर आउने बताए ।