free website hit counter

डोरमणि हल्लिएपछि अष्टलक्ष्मीको पालो

beemaadmin
२०७८ जेष्ठ ३१, सोमबार

काठमाडौं । केन्द्रको जुँगाको लडाइँले प्रदेशका कम्युनिष्ट सरकार धर्मराउन थालेका छन् । नेकपा विभाजन र एमालेभित्रको अन्तरद्वन्द उत्कर्षमा पुग्दा प्रदेश सरकारहरु धर्मराउन थालेका हुन् । विभाजनको असर गण्डकी प्रदेशमा परिसकेको छ । गण्डकीमा एमाले नेतृत्वको सरकार विस्थापित गरेर काँग्रेस नेतृत्वमा विपक्षी गठवन्धनको सरकार बनेको छ । बजेट अधिवेशनको पूर्वसन्ध्यामा विकसित घटनाक्रमहरुले गण्डकीपछि मुख्यतः बागमती,लुम्बिनी र प्रदेश १ सरकारमाथि चुनौती थपिएको छ । तीनै प्रदेशमा एमालेको एकल बहुमत छ,तर अन्तरद्वन्दका कारण कुनै पनि सरकार सुरक्षित छैनन् । अवस्था कस्तो छ भने,यी दुवै लुम्बिनीबाहेकका दुई प्रदेशमा एमालेको माधव नेपाल पक्ष बलियो स्थितिमा छ । सो पक्षको नगन्य उपस्थिति रहेको गण्डकी सरकार जोगाउनसमेत नसकेको ओली समूहलाई यी दुई प्रदेश सरकार जोगाउन फलामको च्युरा चपाउनुसरह हुने देखिएको छ । बागमती प्रदेशमा सरकार परिवर्तनको चर्चा सुनिन थालेको छ । मुख्यमन्त्री डोरमणि पौडेलको कार्यशैलीलाई लिएर एमालेभित्रै चरम असन्तुष्टि बढेपछि कुनैपनि बेला सरकार ढल्न सक्ने अनुमान गर्न थालिएको छ । प्रदेशसभाको अंकगणितमा झण्डै काँग्रेस र माओवादीकै हाराहारीमा रहेको माधव नेपाल पक्षलाई विश्वासमा लिन नसके मुख्यमन्त्री पौडेललाई बजेट पास गराउन कठिनाइ हुने देखिएको छ । बजेट पास नभए सरकार ढल्ने भएकाले अहिले मुख्यमन्त्री पौडेल माधव खेमालाई फकाउन लागि परेको चर्चा भैरहेको छ । अस्ति सरकारको नीति तथा कार्यक्रम पारित गर्न सहमत भएको माधव खेमा भने पौडेलको कार्यशैलीका कारण सशंकित छ । अप्ठेरोमा पर्दा सहमति गर्ने तर कार्यान्वयन नगर्ने ‘ओली स्टाइल’ पछ्याउनुभएका पौडेलले बजेट पास गरेपछि एकलौटी गर्नसक्ने उसको बुझाइ छ । त्यसैले विश्वासिलो सहमति बन्न नसके बजेट फेल हुने खतरा बढेको बताउन थालिएको छ । नेकपा एक रहेकै बेलादेखि बागमतीमा सत्तारुढ दलभित्रै सरकारको कामकारवाहीलाई लिएर विवाद थियो । अघिल्लो वर्ष पौडेलले एकलौटी रुपमा नीति तथा कार्यक्रम र बजेट ल्याएपछि विवाद चर्कियो । विवाद बढ्दै जाँदा बजेट पारित नहुने अवस्था बनेपछि सहमति जुटाउन कार्यदल गठन गरिएको थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार