free website hit counter

डोरमणि हल्लिएपछि अष्टलक्ष्मीको पालो

beemaadmin
२०७८ जेष्ठ ३१, सोमबार

काठमाडौं । केन्द्रको जुँगाको लडाइँले प्रदेशका कम्युनिष्ट सरकार धर्मराउन थालेका छन् । नेकपा विभाजन र एमालेभित्रको अन्तरद्वन्द उत्कर्षमा पुग्दा प्रदेश सरकारहरु धर्मराउन थालेका हुन् । विभाजनको असर गण्डकी प्रदेशमा परिसकेको छ । गण्डकीमा एमाले नेतृत्वको सरकार विस्थापित गरेर काँग्रेस नेतृत्वमा विपक्षी गठवन्धनको सरकार बनेको छ । बजेट अधिवेशनको पूर्वसन्ध्यामा विकसित घटनाक्रमहरुले गण्डकीपछि मुख्यतः बागमती,लुम्बिनी र प्रदेश १ सरकारमाथि चुनौती थपिएको छ । तीनै प्रदेशमा एमालेको एकल बहुमत छ,तर अन्तरद्वन्दका कारण कुनै पनि सरकार सुरक्षित छैनन् । अवस्था कस्तो छ भने,यी दुवै लुम्बिनीबाहेकका दुई प्रदेशमा एमालेको माधव नेपाल पक्ष बलियो स्थितिमा छ । सो पक्षको नगन्य उपस्थिति रहेको गण्डकी सरकार जोगाउनसमेत नसकेको ओली समूहलाई यी दुई प्रदेश सरकार जोगाउन फलामको च्युरा चपाउनुसरह हुने देखिएको छ । बागमती प्रदेशमा सरकार परिवर्तनको चर्चा सुनिन थालेको छ । मुख्यमन्त्री डोरमणि पौडेलको कार्यशैलीलाई लिएर एमालेभित्रै चरम असन्तुष्टि बढेपछि कुनैपनि बेला सरकार ढल्न सक्ने अनुमान गर्न थालिएको छ । प्रदेशसभाको अंकगणितमा झण्डै काँग्रेस र माओवादीकै हाराहारीमा रहेको माधव नेपाल पक्षलाई विश्वासमा लिन नसके मुख्यमन्त्री पौडेललाई बजेट पास गराउन कठिनाइ हुने देखिएको छ । बजेट पास नभए सरकार ढल्ने भएकाले अहिले मुख्यमन्त्री पौडेल माधव खेमालाई फकाउन लागि परेको चर्चा भैरहेको छ । अस्ति सरकारको नीति तथा कार्यक्रम पारित गर्न सहमत भएको माधव खेमा भने पौडेलको कार्यशैलीका कारण सशंकित छ । अप्ठेरोमा पर्दा सहमति गर्ने तर कार्यान्वयन नगर्ने ‘ओली स्टाइल’ पछ्याउनुभएका पौडेलले बजेट पास गरेपछि एकलौटी गर्नसक्ने उसको बुझाइ छ । त्यसैले विश्वासिलो सहमति बन्न नसके बजेट फेल हुने खतरा बढेको बताउन थालिएको छ । नेकपा एक रहेकै बेलादेखि बागमतीमा सत्तारुढ दलभित्रै सरकारको कामकारवाहीलाई लिएर विवाद थियो । अघिल्लो वर्ष पौडेलले एकलौटी रुपमा नीति तथा कार्यक्रम र बजेट ल्याएपछि विवाद चर्कियो । विवाद बढ्दै जाँदा बजेट पारित नहुने अवस्था बनेपछि सहमति जुटाउन कार्यदल गठन गरिएको थियो ।

सम्बन्धित समाचार