free website hit counter

ड्युटीकै प्रहरी हवल्दारमाथि चक्कु प्रहार

beemaadmin
२०७६ चैत्र १८, मंगलवार

भक्तपुर । देश लकडाउनका कारण ठप्प छ । अपराध पनि शून्य नै भएको अनुमान गरिए पनि छिटपट अपराधका घटना भइरहेका छन् । सूर्यविनायक चोकमा डिउटीमा रहेका प्रहरी हवल्दारमाथि चक्कु प्रहार भएको छ । मंगलबार बिहान गुलेली र चक्कु बोकेर आएका सुदिप क्षेत्रीले सुर्यबिनायक चोकमा आतंक मच्चाउन खोजेपछि प्रहरीले नियन्त्रणमा लिन खोज्दा उनले प्रहरीमाथि चक्कु हानेका थिए । चक्कु प्रहारबाट महानगरीय प्रहरी वृत जगातीमा कार्यरत प्रहरी हवल्दार केशरसिह रावतको गालामा चोट लागेको वृतका डिएसपी चक्रराज जोशीले जानकारी दिएका छन् । क्षेत्रीको मानसिक अवस्था खराब जस्तो देखिएको र गुलेली र चक्कु सहित हाल नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको डीएसपी जोशीले बताएका छन् ।

सम्बन्धित समाचार