free website hit counter

ड्रग्स प्रकरणमा नाम मुछिएपछि सलमानले यसो भने

beemaadmin
२०७७ आश्विन ८, बिहीबार

बलिउड अभिनेता सुशान्तसिंह राजपुत मुद्दामा लागुऔषध कोणबाट तीव्र अनुसन्धान भइरहेको छ। नार्कोटिक्स कन्ट्रोल ब्यूरोले रिया चक्रवर्तीलाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ। चर्चित अभिनेत्रीहरुको नाम जोडिएको छ। अब यसमा दबंग स्टार सलमान खानको संलग्नताको चर्चा सुरु गरिएको छ। भारतीय मिडियाले सलमान पनि अप्रत्यक्ष रुपमा मुछिन सक्ने उल्लेख गरिरहेका छन्।
सुशान्तकी पूर्व म्यानेजर जया साहासँगको सोधपुछमा ट्यालेन्ट म्यानेजमेन्ट एजेन्सी क्वानको नाम पनि जोडिएको छ। क्वानकी कर्मचारी करिश्माले दीपिका पादुकोणलाई ड्रग्स सप्लाई गरेको च्याटमा देखिएको छ। क्वान कम्पनीका सीईओ ध्रुवलाई एनसीबीले सोधपुछका लागि नोटिस पठाइसकेको छ। यसैबीच क्वानमा सलमान खानको पनि शेयर रहेको भन्‍ने खबरहरु बाहिर आए। अर्थात सलमानको अप्रत्यक्ष संलग्नता हुनसक्ने खबरहरु फैलिए।
मिडियामा संलग्नताको खबर आएपछि सलमान खानको कानुनी समूहले विज्ञप्ति जारी गरेको छ। डीएसके लिगलका व्यवस्थापकीय साझेदार आनन्द देसाईले विज्ञप्ति जारी गरेर क्वानमा सलमानको कुनै शेयर नरहेको बताएका छन्।

‘मिडियाका केही वर्गले गलत तरिकाबाट हाम्रा क्लाइन्ट लोकप्रिय भारतीय कलाकार मिस्टर सलमान खानको ट्यालेन्ट म्यानेजमेन्ट एजेन्सी क्वानमा बहुमत शेयर रहेको रिपोर्टिङ गरिरहेका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘सलमानको प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा क्वानसँग र यसको अन्य कुनै समूहमा पनि कुनै शेयर छैन। हाम्रो क्लाइन्टको बारेमा झुठा खबर प्रकाशित नगर्न अनुरोध गर्दछौं।’ ड्रग्स प्रकरणमा सारा अली खान, रकुल प्रीत सिंह, श्रद्धा कपूर, दीपिका पादुकोण, दिया मिर्जा र नम्रता शिरोडकरको नाम जोडिएको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार