free website hit counter

तत्काल उच्चस्तरीय समिति बनाउन सर्वोच्चको आदेश

beemaadmin
२०७८ बैशाख २९, बुधबार

काठमाडौँ । कोरोना संक्रमणका कारण नेपालको स्वास्थ्य प्रणाली नै लगभग ध्वस्त हुनेअवस्थामा पुगेको छ । अस्पतालका कम्पाउन्डमा विरामी छट्पटिएर मर्नुपर्ने अवस्थाको सिर्जना भइरहेको बेला सर्वोच्च अदालतले कोरोना महामारीका कारण उत्पन्न प्रतिकूल परिस्थितीबारे सम्बोधन गर्न सर्वपक्षीय समिति गठन गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । कोरोना महामारीका कारण उत्पन्न परिस्थितीले नागरिकहरुले आधारभूत सेवा पनि नपाएको भनी दायर रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले आदेश जारी गरेको हो । उपचारमा कसैलाई पनि विमुख नहोस् भन्नका लागि समिति गठन गर्न सर्वोच्चले अन्तरिम आदेश जारी गरेको हो । अन्तरिम आदेशमा भनिएको छ, सम्बन्धित सरोकारवालाको प्रतिनिधित्व समेत हुने गरी एउटा कार्यसमिति समेत निर्माण गरी उल्लेखित समस्याको समाधान प्रभावकारी ढंगले गर्नु गराउनु भनी अन्तरिम आदेश जारी गरिदिएको छ । औषधि र अक्सिजनको आपूर्तिमा समस्या भएको, स्वास्थ्य सेवाका लागि जनशक्ति आपूर्तिको समस्या भएको भन्दै त्यसलाई सम्बोधनका लागि सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो । रिट निवेदनमा थप साधनयुक्त अस्पताल सञ्चालन गर्न लगाउन, अस्पतालमा बिरामीको चाप बढेकाले तत्काल जनशक्ति आपूर्ति गर्न लगायतका माग राखी सर्वोच्चमा निवेदन दर्ता भएको थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार