free website hit counter

तपाईंको विपक्षमा माधव र प्रचण्डहरु मात्रै होइनन् अरु पनि छन् कमरेड

beemaadmin
२०७७ कार्तिक ३०, आईतवार

ओलीजी, तपाईंमाथि भ्रष्टाचारका आरोप प्रचण्ड या तपाईंकै पार्टीको सचिबालयले मात्रै लगाएको होइन ।
१. वाइडबड़ी काण्डमा संसदीय छानबिन समितिले अनियमितता भएको ठहर गरेर कारबाही गर्न सिफारिश समेत गरेकै हो १ तपाईंले व्यक्तिगत रूपमा सफाइ दिएर आफूखुसी छानबिन समिति गठन गर्नुभएको थियो । निष्कर्ष पहिल्यै आफैले तोकेर तपाईंले गठन गरेको छानबिन समितिले के प्रतिवेदन दियो भन्ने तपाईंले लुकाउनुभयो ।

२.ओम्नीले कसरी र किन ठेक्का पाएको थियो भन्ने जगजाहेर छ । तपाईंले त्यसको पनि हत्तपत्त बचाउ गर्नुभो । गुणस्तरहीन सामान तीन गुना बढ़ी मूल्यमा ल्याइएको तथ्य प्रचण्ड या माधव नेपालले होइन, तपाईंकै सरकारी निकाय स्वास्थ्य विभागले स्वीकार गरेको हो । तपाईंले बचाउ गरेको ओम्नीको ठेक्का प्रचण्डले रद्द गरेको हो रु ओम्नी काण्ड फेल भएपछि सेना प्रयोग गरेर रक्षामन्त्रीले तिनै सामान झन बढ़ी मूल्यमा ल्याउने षड्यन्त्र गरेको त सेनाले समेत बुझेर हात झिकेको होइन रु विभाग आफैले खुला प्रतिष्पर्धा मार्फ़त् १५ रुपियाँमा किनेको मास्कलाई सोही समयमा सेनामार्फ़त ५२ रुपियाँ तिरिएको होइन रु यस्तो सस्तोमा किनेपछि बाँकी सामान पनि यसरी किन्नुपर्नेमा स्वास्थ्य विभागकै निर्देशकहरूलाई कोभिड़कै बीचमा सरूवा गरिएको होइन रु

३.यति बारेको आरोप माधव नेपालले हो र लगाएको रु तपाईंले चीन भ्रमण गर्दा सरकारी विमान छोडेर यतिकै लगानीको हिमालयन एअर किन चार्टर गर्नुभएको रु विदेशमा अलपत्र मजदुरको उद्धारको नाममा बीस हजार पर्ने भाड़ालाई पचास हजार तोकेर हिमालयनलाई किन पोस्नुभएको रु गोकर्ण रिसोर्टदेखि दरबार मार्गसम्म किन कुनै एउटा कम्पनीलाई नाफ़ा हुने गरी नीतिनियम फेरबदल गर्ने काम हुन्छ रु

४.बालुवाटार काण्डमा प्रत्यक्ष लाभग्राही नेता थिए विष्णु पौडेल । उनले चार चोटि पास भएको भनिए पनि सरकारी छानबिन समितिले नै भूमाफिया भनेर किटेका शोभाकान्त ढकालसँग सोझै जग्गा किनेका थिए । भूमाफियासँग उनको पुरानो दोस्ती र सम्बन्ध सार्वजनिक समेत भएको थियो । उनले तिरेको भनिएको मूल्यमा त्यहाँ एक बित्ता जग्गा पनि आउन्न भन्ने त दुनियाँलाई थाहा छ । फेरि उनी त प्रमाणित सुकुम्बासी । एउटा सुकुम्बासीले बालुवाटार किन्न सक्नु या बालुवाटार किन्न सक्नेले सुकुम्बासी बनेर राज्यसँग जग्गा उछिट्याउनु छानबिनसम्मको विषय पनि होइन रु सामान्य अध्ययन पनि पूरा नगरेका उनी कुन नैतिकता, छवि र योग्यताका आधारमा अर्थमन्त्री बनाइए !

एउटा चकलेट व्यापारी पोस्न नीति नै फेर्नेदेखि सरकारी गोप्य सूचना स्वार्थपूर्तिका लागि चुहाउनेसम्मका आरोप पनि मिडियामा सप्रमाण आएका आरोप हुन् । विश्व कोभिड़सँग लड्दै गर्दा राष्ट्रपतिलाई दुरुपयोग गरेर रातारात पार्टी फुटाउने विधेयक कस्ले ल्याएको हो रु हरेक पटक भ्रष्टाचारको विषय उठ्ने बित्तिकै छानबिन हुनुअघि नै सफाइ दिने को हो रु चोरको खुट्टा काट्ने कुरो सुन्नेबित्तिकै खुट्टा तान्ने को हो !

होला, सुशासन र विकासभन्दा पनि प्रचण्ड समूहलाई सत्ता र शक्तिमा हिस्सा चाहिएको होला । तपाईंले मात्रै खाएकोमा ईर्ष्या लागेको होला । यी मुद्दा या आरोपहरू हतियार बनाइएका होलान् । तर, यी मुद्दा प्रचण्डले सिर्जना गरेका होइनन् । प्रचण्डलाई मात्रै जबाफ या भाग दिएर यो विषय पक्कै सकिँदैन ।

ओलीज्यू,  प्रचण्डलाई चिठ्ठी लेखेजस्तै एकपल्ट जनतालाई पनि चिठ्ठी लेखेर बताइदिनुहोस् न !
– महामारीदेखि आर्थिक सङ्कटसम्मका विषयमा हरेक दिन सिंहदरबारका बैठकमा सहभागी हुनुपर्ने व्यक्ति बालुवाटारमैं बसेर दिनहुँ पार्टीको भागबण्डामा षड्यन्त्र बुन्दै बस्ने कहिलेसम्म !
– र, चाडबाडमा देशका मुख्य मन्दिर र स्कुलहरू बन्द गरेर आमसभा गर्दै आत्मप्रसंशाको भाषणमा रमाउने कहिलेसम्म !

– फसबुकबाट

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार