मानिसलाई कतिबेला के पर्छ थाहा छैन । पर्वका बेला तत्काल पैसा चाहिए कता जाने ? बैंकमा भएको पैसा पनि झिक्न सकिँदैन । तर अब यो समस्या रहेन । बैंकले यस्तै समस्याहरुलाई मध्यनजर गरेर ठूला पर्वको बेला पनि निश्चित समयमा निश्चित शाखा कार्यालयहरु खोलेर ग्राहकलाई सेवा दिने भएका छन् । सिंगो देश पर्वमा झुमिरहँदा बैंकहरुले भने आफ्नो दायित्व पूरा गर्ने भएका छन् । हिन्दूहरुको दोस्रो ठूलो पर्व तिहार विदामा पनि बैंक खुला हुने भएका छन् । बैंकहरुले देशभरका आफ्ना प्रमुख शाखा कार्यालय तिहार विदामा पनि निश्चित अवधि खुला राख्ने घोषणा गरेका हुन् । बैंकहरुले आफ्नो कुन् ठाँउको कुन् शाखा कति समय खुला राखेर सेवा दिने भनेर सार्वजनिक सूचना नै जारी गरेका छन् । यो चाडमा पैसाको कारोबार धेरै हुन्छ । त्यसकारण पैसा झिक्न र राख्नका लागि पनि बैंक तथा वित्तीय संस्थाको आवश्यकता पर्छ । सेवाग्राहीको यही आवश्यकता सम्बोधन गर्नका लागि बैंक तथा वित्तीय संस्थाले विगतका वर्षहरूमा जस्तै यस वर्षको तिहार विदामा पनि कार्यालय खुला राख्ने भएका हुन् । यद्यपि, बैंक तथा वित्तीय संस्थाहरुले निश्चित समयमा विभिन्न शाखा कार्यालयहरु सञ्चालनमा ल्याउने जनाएका छन् ।
कृषि विकास बैंक
उपत्यका भित्र
गठ्ठाघर, बालाजु, नयाँ बनेश्वर, सातदोबाटो, कलंकी (कात्तिक १० र ११ गते)
कर्पोरेट बैंकिङ रामशाह पथ (कात्तिक ११ गते)
उपत्यका बाहिर
पोखरा, बिर्तामोड, विराटनगर, इटहरी, धरान, फिक्कल, दमक, गाइघाट, लाहान, राजविराज, सिराह, शिवचोक, बर्दिबास, मलंगवा, जलेश्वर, सिद्धार्थ नगर, खस्यौली, घोराही, सुर्खेत, धनगढी सुख्खड, महेन्द्रनगर (कात्तिक १० र ११ गते)
सौराह, धम्बोजी (कात्तिक १०)
नोटः यी दिन बैंक शाखा बिहान ११ बजेदेखि २ बजेसम्म मात्र खुल्छन्
कुमारी बैंक
उपत्यका भित्र
पुतलीसडक : (कात्तिक १० र ११ गते) ११ बजेदेखि २ बजेसम्म
न्यूरोड : (कात्तिक १० र ११ गते) २ बजेदेखि ५ बजेसम्म
कुमारीपाटी : (कात्तिक १० गते) १० बजेदेखि १ बजेसम्म
जगाती : (कात्तिक १० गते) ११ बजेदेखि २ बजेसम्म
उपत्यका बाहिर
बुटवल : (कात्तिक १० गते) ११ बजेदेखि २ बजेसम्म
एनएमबि बैंक
उपत्यका भित्र
कान्तिपथ : (कात्तिक १०, ११ गते) बिहान ११ बजेदेखि २ बजेसम्म
उपत्यका बाहिर
चिप्लेढुङ्गा, बिराटनगर, फिदिम बुटवल ः (कात्तिक १०, ११ गते) बिहान ११ बजेदेखि २ बजेसम्म
नेपाल बंगलादेश बैंक
उपत्यका भित्र
मुख्य कार्यालय बिजुली बजार (कात्तिक १०, ११ र १३ गते) बिहान १० बजेदेखि १ बजेसम्म
सेञ्चुरी कमर्सियल बैंक
उपत्यका भित्र
पुतलीसडक : (कात्तिक १०, ११ गते) बिहन ११ बजेदेखि २ बजेसम्म
न्यूरोड : (कात्तिक १०, ११ गते) १ बजेदेखि ४ बजेसम्म
मानभवन : (कात्तिक १० गते) बिहान १० बजदेखि १ बजेसम्म
उपत्यका बाहिर
पोखरा, विराटनगर, इटहरी, बिर्तामोड, वीरगञ्ज, भैरहवा
(कात्तिक १० गते) बिहान ११ बजेदेखि २ बजेसम्म
जनकपुर (कात्तिक ११ गते) बिहान ११ बजेदेखि २ बजेसम्म
टिकापुर (कात्तिक १० र ११ गते) बिहान ११ बजेदेखि २ बजेसम्म
ग्लोबल आइएमई बैंक
उपत्यका भित्र
कान्तिपथ : (कात्तिक १० र ११ गते) बिहान १० बजेदेखि १ बजेसम्म कार्तिक १२ गते १ बजेदेखि ४ बजेसम्म
लगनखेल, चाबहिल (कात्तिक १० र ११ गते) बिहान १० बजेदेखि १ बजेसम्म
उपत्यका बाहिर
बाग्लुङ, बुटवल, नारायणगढ, पोखरा, विराटनगर विरगञ्ज
(कात्तिक १० र ११ गते) बिहान १० बजेदेखि १ बजेसम्म
मेगा बैंक
उपत्यका भित्र
कमलादी, जावलाखेल, महाराजगञ्ज, बौद्ध, ठमेल
(कात्तिक ९ गते) बिहन ११ बजेदेखि २ बजेसम्म
न्यूरोड (कात्तिक ९, १०, ११ गते) २ बजेदेखि ५ बजेसम्म
कमलादी, जावलाखेल, महाराजगञ्ज, बौद्ध, ठमेल, नयाँ बनेश्वर, गोंगबु, कलंकी, ज्ञानेश्वर (कात्तिक १० गते) बिहान ११ बजेदेखि २ बजेसम्म
कमलादी, जावलाखेल, महाराजगञ्ज, बौद्ध, ठमेल, नयाँ वानेश्वर, गोंगबु, कलंकी, ज्ञानेश्वर (कात्तिक ११ गते) बिहान ११ बजेदेखि २ बजेसम्म
कमलादी (कात्तिक १२ गते) बिहन ११ बजेदेखि २ बजेसम्म
उपत्यका बाहिर
वीरगञ्ज, नारायणगढ, भैरहवा, बुटवल, भोजपुर, ओखलढुंगा, पोखरा, विराटनगर, धनगढी, इटहरी
(कात्तिक ९ गते) बिहान ११ बजेदेखि २ बजेसम्म
वीरगञ्ज, बिर्तामोड, नारायणगढ, नेपालगञ्ज, भैरहवा, बुटवल, हेटौंडा, भोजपुर, ओखलढुङ्गा, पोखरा, बिराटनगर, धनगढी, इटहरी
(कात्तिक १० गते) बिहन ११ बजेदेखि २ बजेसम्म
वीरगञ्ज, बिर्तामोड, नारायणगढ, नेपालगञ्ज, भैरहवा, बुटवल, हेटौंडा, भोजपुर, ओखलढुङ्गा, पोखरा, विराटनगर, धनगढी, इटहरी
(कात्तिक ११ गते) बिहन ११ बजेदेखि २ बजेसम्म
बैंक अफ काठमान्डू
उपत्यका भित्र
कमलपोखरी (कात्तिक ९, १०, ११, १२ र १३ गते) १ बजेदेखि ३ बजेसम्म
सर्वोच्च अदालत एक्सटेन्सन काउन्टर
(कात्तिक १०, ११, १२ र १३ गते) बिहान ११ बजेदेखि ३ बजेसम्म
न्यूरोड (कात्तिक ९, १३ गते) ३ बजेदेखि ५ बजेसम्म
जावलाखेल, भक्तपुर (कात्तिक ९, १३ गते) बिहान १० बजेदेखि १ बजेसम्म
थानकोट नेपाल आयल निगम काउन्टर
(कात्तिक ९, ११ गते) बिहान १० बजेदेखि ३ बजेसम्म
उपत्यका बाहिर
अमलेखगञ्ज, नेपालगञ्ज, विराटनगर, धनगढी
(कात्तिक ९, १३ गते) बिहान १० बजेदेखि ३ बजेसम्म
हिमालयन बैंक
उपत्यका भित्र
ठमेल, न्यूरोड, महाराजगञ्ज, पाटन : असोज १० गते बिहान १० बजेदेखि १ बजेसम्म
न्यूरोड : असोज १० गते बिहान ११ बजेदेखि २ बजेसम्म
ठमेल, पाटन : असोज ११ गते बिहान १० बजेदेखि १ बजसम्म
उपत्यका बाहिर
न्यूरोड पोखरा : कात्तिक १० गते बिहान १० बजेदेखि १ बजेसम्म