free website hit counter

तस्वीरकै कारण सामाजिक सञ्जालमा ब्लक

beemaadmin
२०७८ फाल्गुन ५, बिहीबार

एजेन्सी । बोल्ड तस्बिर खिचाएर चर्चामा आउने कलाकारको कमी कुनै पनि स्थानमा छैन । एउटी ओन्लीफ्यान्स मोडल टिन्डर, बम्बल र हिंगे जस्ता डेटिङ साइटमा प्रेमको खोजीमा छिन् तर यी डेटिङ एपहरुले उनको अकाउन्ट पटक पटक हटाइदिएका छन् । यी मोडलका अनुसार ती एपले उनको अकाउन्ट हटाइदिनुको कारण हो उनी अत्याधिक हट छिन् । अलउ हफ नामकी २४ वर्षकी यी मोडल बेलायतको वेल्सकी हुन् । उनका अनुसार यी एपहरुले उनको अकाउन्ट पटक पटक ब्लक गरिदिएका छन् । उनलाई आफू हदैसम्म आकर्षक भएकोहरुले मानिसहरुलाई उनी वास्तविकतामा नभएको र फेक भएको लागेका कारण उनीहरुले रिपोर्ट गरिदिएकाले एपले आफूलाई ब्लक गरेको भन्ने लाग्छ ।
अलउ कानुनमा ग्रयाजुएट हुन् । डेलीमेलमा प्रकाशित एक रिपोर्टका अनुसार उनले ओन्लीफ्यान्समा तस्वीर शेयर गरेर वार्षिक ४४ हजार पाउण्ड (करिब ७२ लाख रुपैयाँ) कमाउँछिन् । अहिले उनी निकै आक्रोशित छिन् किनकि उनले हालै जानकारी पाएकी छिन् कि एकजना टिन्डर स्विन्डलर नामको अकाउन्ट भने अहिलेसम्म ब्लक गरिएको छैन जबकि यो अकाउन्ट पैसा ठगी गर्न प्रयोग गरिएको छ । तर, उनको वास्तविक अकाउन्ट भने पटक पटक ब्लक गरिएको छ । नेटफ्लिक्समा यी टिन्डर स्विन्डलर शिमोन हायुतको कथामा आधारित डकुमेन्ट्री हालै रिलिज भएको छ जसमा उनले डेटिङ एप टिन्डर प्रयोग गरेर ७।४ ९१ अर्ब २० करोड रुपैयाँ० मिलियन पाउण्ड कसरी ठगी गरे भन्ने देखाइएको छ ।

 

टिन्डर प्रयोग गरेर ठगी गर्ने शिमन हायुतले कथित रुपमा महिलाहरुलाई टिन्डरमार्फत सम्पर्क गरेर आफूलाई शिमोन लेभिभ भनेर चिनाउँथे र आफू इजरायली प्रसिद्ध हीरा व्यापारी लेभ लेभिभको छोरा भएको बताउँथे । टिन्डरले शुक्रबार उनको अकाउन्ट बन्द गरिएको पुष्टि गरेको छ । तर, केही रिपोर्टहरुमा उनी अझै पनि टिन्डरमा सक्रिय भएको दावी गरिएको छ । ‘यो डेटिङ एपले मलाई ती टिन्डर स्विन्डलरलाई भन्दा धेरै दुःख दिइरहेको छ’ अलउले डेलीमेलसँग भनिन् । अलउका ६७ हजार इन्स्टाग्राम फलोअर छन् ।

अलउका अनुसार उनलाई टिन्डरमा पहिलो पटक सेप्टेम्बर २०२० मा ब्लक गरिएको थियो । त्यसपछि उनले यस विषयमा गुनासो गरेपछि उनको अकाउन्ट पुनः सक्रिय गरिएको थियो तर डिसेम्बर २०२१ मा फेरि ब्लक गरियो । उनका अनुसार उनलाई अर्को डेटिङ एप हिंगेले पनि मार्च २०२१ मा ब्लक गरेको थियो । यसबाहेक अर्को डेटिङ एप बम्बलले पनि २०२० मा उनलाई ब्लक गरेको थियो । उनले भनिन् ‘मलाई मेरा केही फोटोहरुका कारण समस्या भएको थियो त्यसपछि मैले ती तस्वीरहरु रिप्लेस गरिदिएँ ।’

सम्बन्धित समाचार

पाल्पा सिमेन्टको आईपीओ भयो बाँडफाँट

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार

सक्रिय जीवन बीमालेख १४.५७ प्रतिशतले वृद्धि

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार