free website hit counter

तिहार बिदामा पनि बैंकिङ सेवा सञ्चालन गर्न राष्ट्र बैंकको निर्देशन

beemaadmin
२०८३ कार्तिक २२, शनिबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहारको सार्वजनिक बिदाका दिनमा पनि बैंक तथा वित्तीय संस्थालाई बैंकिङ सेवा सञ्चालन गर्न निर्देशन दिएको छ ।

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाका नाममा परिपत्र जारी गर्दै भन्सार जाँचपासका लागि आवश्यक बैंकिङ सेवा नियमित राख्न भनेको हो ।

Advertisement
Advertisement

भन्सार विभागबाट प्राप्त पत्रका आधारमा राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको जनाएको छ । मालवस्तुको भन्सार जाँचपासमा अवरोध हुन नदिन, व्यापार सहजीकरण गर्न तथा आपूर्ति प्रणालीलाई नियमित राख्न बिदाको समयमा समेत बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन दिइएको हो ।

Advertisement
Advertisement

राष्ट्र बैंकका अनुसार कात्तिक २२ गतेदेखि २६ गतेसम्म तिहार बिदा रहेको छ । उक्त अवधिमा भन्सार जाँचपाससँग सम्बन्धित बैंकिङ कारोबार प्रभावित हुन नदिन बैंक तथा वित्तीय संस्थाले आवश्यक व्यवस्था मिलाउनुपर्नेछ ।

यस व्यवस्थाले तिहार बिदाका समयमा आयात–निर्यात तथा भन्सार प्रक्रियासँग सम्बन्धित कारोबारलाई सहज बनाउने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचार