free website hit counter

तीन अर्ब पुग्यो कोरोना बीमाको दायित्व, हालसम्म २ हजार ३२० जनाले पाए भुक्तानी

beemaadmin
२०७७ मंसिर १, सोमबार

काठमाडौं । हतारको निर्णयले नियामक निकाय बीमा समिति र बीमा कम्पनीहरुलाई सताइरहेको छ । विश्वमै नहुने महामारीको जोखिम बहन गर्ने निर्णय बीमा समितिले लिँदा अहिले समितिसँगै बीमा कम्पनीहरु पनि अप्ठ्यारोमा परेका छन् ।
कोरोना बीमाको दावी भुक्तानी तीव्र पार्न अर्थ मन्त्री विष्णु पौडेलले निर्देशन दिएपछि नियामक निकाय बीमा समितिले स्पष्ट निर्देशन दिएसँगै दावी भुक्तानीको गति तीव्र भएको भए पनि अहिलेसम्म २ हजार ३२० जनाले कोरोना बीमाको दावी भुक्तानी भएको छ । जबकि कोरोना बीमाको दाबी भुक्तानी तीन अर्ब माथि रहेको बताइएको छ ।
स्रोतकाअनुसार प्रक्रिया पूरा गरेका १ अर्ब ३८ करोड एक लाख रुपैयाँ कोरोना बीमाको दावी भुक्तानी गर्न बक्यौता रहेको रेकर्डमै देखिएको छ । साथै राष्ट्रिय बीमा कम्पनीमा थुप्रिएको सरकारी कर्मचारी तथा सुरक्षाकर्मीको समेत जोड्दा कूल दावी भुक्तानी हुन बाँकी रकम तीन अर्ब नाघेको छ । राष्ट्रिय बीमा कम्पनीमा मात्रै करिब डेढ अर्बभन्दा बढि दावी परेको छ । यद्यपि सम्पूर्ण कागजात प्राप्त नभएकोले रेडर्कमा नजनाइएको सो कम्पनीको भनाई छ ।
सबैभन्दा धेरै बक्यौता राष्ट्रिय बीमा कम्पनीको छ । राष्ट्रिय बीमा कम्पनीले बीमा दावी गर्न आएका सम्पूर्ण बीमितलाई दावी भुक्तानी गर्न सक्ने नगद तरलताले समेत थेग्न सक्ने अवस्था छैन । नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा सरकारी कर्मचारी गरी कूल २० हजार जतिले बीमा दावी गरेका छन् । कार्यालयबाट एकै पटक बीमा दावी प्रक्रिया गर्न खोज्दा दावी मात्रै पर्ने र सबै कागजात जुटाउन समय लाग्ने गरेको छ । राष्ट्रिय बीमा कम्पनीले मात्रै दुई अर्बभन्दा बढि दावी भुक्तानी गर्नुपर्ने देखिएको छ । राष्ट्रिय बीमा कम्पनीमा परेको बीमा दावीको तथ्याङ्क बीमा पुलमा आइसकेको छैन ।
बीमा पुलमा प्राप्त विवरण अनुसार सबैभन्दा धेरै दावी भुक्तानी शिखर इन्स्योरेन्सले गरेको छ । शिखरले हालसम्म करोड ८० लाख रुपैयाँ दावी भुक्तानी गरेको छ । त्यस्तै, अजोड इन्स्योरेन्स कम्पनीले एक करोड ३२ लाख रुपैयाँ दावी भुक्तानी गरेको छ । सिद्धार्थ, युनाईटेड, एनएलजी, प्रिमियर, नेपाल इन्स्योरेन्स लगायतका कम्पनीहरुले एक एक करोड रुपैयाँ दावी भुक्तानी गरेका छन् ।

दावी भुक्तानी बक्यौता रहनेमा शिखर सबैभन्दा अगाडि छ । सो कम्पनीको २१ करोड १४ लाख रुपैयाँ, लुम्बिनी जनरल इन्स्योरेन्स, १२ करोड, राष्ट्रिय बीमा कम्पनी १४ करोड, अजोड इन्स्योरेन्स २० करोड रुपैयाँ बक्यौता छ । कोरोना बीमा पोलिसी नेपाल बीमक संघको नेतृत्वमा सबैले सामूहिक रुपमा बीमा शुल्क र जोखिम बाँडफाँड गर्ने शर्तमा बीमा पुलमार्फत सञ्चालित बीमा योजना भएकोले कम्पनीगत रुपमा रहेको दावी भुक्तानीको विवरण छुट्टाछुट्टै भएपनि हिसाब किताब भने एकमुष्ट हुनेछ ।

Advertisement
Advertisement

दुई साता अघि बीमा समितिले कोरोना बीमाको दावी भुक्तानी एक साताभित्र सम्पन्न गर्न प्रक्रिया समेत छोट्याएर सरल बनाएर निर्देशन दिएपछि दावी भुक्तानी प्रक्रियाले केही गति लिएको भएपनि अझै तीन अर्बभन्दा बढि दावी भुक्तानी बाँकी छ ।

Advertisement
Advertisement

सम्बन्धित समाचार