free website hit counter

तीन कम्पनी आईपीओ जारी प्रक्रियामा

beemaadmin
२०७९ जेष्ठ ५, बिहीबार

काठमाण्डौ । तीन जलविद्युत कम्पनीले आईपीओ निष्कासनको माग गर्दै नेपाल धितोपत्र बोर्ड९सेबोन०सँग अनुमति मागेका छन्। मायाखोला हाइड्रोपावर कम्पनी, भूगोल इनर्जी डेभलपमेन्ट बैंक र मकर जितुमाया सुरी हाइड्रोपावरले आईपीओ निष्कासनको अनुमति माग गर्दै सेबोनमा निवेदन दिएका हुन्।
सेबोनले अनुमति दिएमा मायाखोलाले १०० अंकित दरका कुल ३४ लाख कित्ता आईपीओ निष्कासन गर्नेछ। यो आईपीओ कम्पनीले स्थानीय र सर्वसाधारणका लागि जारी गर्नेछ। यो कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।
यसैगरी सेबोनबाट अनुमति पाएमा भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले १०० अंकित दरका कुल १६ लाख ३२ हजार १६० कित्ता आईपीओ निष्कासन गर्नेछ। यो आईपीओ कम्पनीले स्थानीय र सर्वसाधारणका लागि जारी गर्नेछ भने आईपीओ बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ।
यसैगरी सेबोनले अनुमति दिएमा मकर जीतुमाया सुरीले १०० अंकित दरका कुल २२ लाख ८० हजार कित्ता आईपीओ जारी गर्नेछ। यो आईपीओ पनि स्थानीय र सर्वसाधारणलाई बिक्री गरिनेछ। यो आईपीओको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।

सम्बन्धित समाचार