free website hit counter

तीन लाखबाट उकालो चढेको सुनको मूल्य आज पनि बढ्यो

beemaadmin
२०८२ माघ ११, आईतवार

काठमाडौं । माघ ११ गते, आईतबार, नेपाली बजारमा सुन र चाँदीको मूल्यले पुनः एतिहासिक उचाई बनाएको छ । पछिल्ला दिनमा सुन र चाँदीको मूल्य निरन्तर नयाँ रेकर्ड बनाउदै बढ्ने क्रममा रहेको हो । यस दिन सुन प्रतितोला २ हजार ४०० रुपैयाँ र चाँदीको मूल्य तोलामा २९० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ३ हजार ८०० रुपैयाँ कायम भएको छ । गत शुक्रबारको बजारमा सुनको मूल्य प्रतितोला ३ लाख एक हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । सो मूल्य रेकर्डलाई ब्रेक गर्दै यस दिन सूनको मूल्यले नयाँ उचाई बनाएको हो । यस दिन चाँदीको मूल्य तोलामा २९० रुपैयाँ बढेर रेकर्ड ब्रेक गरेको छ । आजको बजारमा चाँदी प्रतितोला ६ हजार ४८० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । गत शुक्रबारको बजारमा चाँदी प्रतितोला ६ हजार १९० रुपैयाँमा खरिदबिक्री भएको थियो । चाँदीको मूल्यले पनि गत शुक्रबार बनाएको रेकर्ड ब्रेक गर्दै नयाँ उचाई बनाएको हो ।

सम्बन्धित समाचार