free website hit counter

तुल्सीपुरमा घुस, नागढुंगामा पक्राउ

beemaadmin
२०७७ श्रावण १७, शनिबार

काठमाडौं । तुल्सीपुर उपमहानगरापालिकाका प्रमुख कार्यकारी अधिकृत कृष्णकान्त उपाध्यायलाई तुल्सीपुरमा खाएको घुसको पिछा लाग्दै राजधानी छिर्ने नाकामा पक्राउ गरेको छ । उपाध्याय १४ लाख घुससहित शुक्रबार बेलुका राजधानी छिर्न लाग्दा नागढुंगाबाट पक्राउ परेका हुन् ।

अख्तियार टोलीले उपाध्यायसँगबाट १४ लाखमध्ये १ लाख १४ हजार पैसा र बाँकी बैंकमा डिपोजिट स्लिप बरामद गरेको छ । उपाध्यायले घुस लिएको १४ लाखमा १ लाख १४ हजार आफ्नो साथमा राखी बाँकी सबै पैसा बैंकमा डिपोजिट गरिसकेको अख्तियार श्रोतले जनाएको छ ।

अख्तियारको टोलीले उनलाई शुक्रबार बुटवलदेखि पिछा गर्दै आएको थियो ।

सम्बन्धित समाचार