काठमाडौं । लगातार उकालो लागेर लाख कटेको सुन ओरालो यात्रामा छ । निरन्तर तेश्रो दिन पनि सुनको मूल्य घटेको छ । असार २९ गते, बुधबार सुन तोलामा २०० रुपैयाँले गिरावट भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्यमा पनि सामान्य गिरावट भएको छ । यस दिन छापवाला सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा झरेको छ । अघिल्लो कारोबार दिन पनि सुन तोलामा २०० रुपैयाँले नै ओरालो लागेको थियो ।हिजो सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार सुनसँगै चाँदीको भाउमा पनि सामान्य गिरावट देखिएको छ । आज चाँदी तोलामा पाँच रुपैयाँले घटेर प्रतितोला एक हजार १७० रुपैयाँमा खरिदबिक्री हुँदैछ । मंगलबार पनि चाँदीको भाउ सस्तिएको थियो । त्यस दिन चाँदी प्रतितोला १० रुपैयाँले गिरावट भएर एक हजार १७५ रुपैयाँमा किनबेच भएको थियो ।