free website hit counter

तोलामा एक हजारले बढ्यो सुन

beemaadmin
२०७९ कार्तिक २९, मंगलवार

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एकैदिन तोलामा एक हजार रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा एक हजार रुपैयाँले बढ्दै ९८ हजार २ सय रुपैयाँ पुगेको हो । अघिल्लो दिन छापावाला सुन प्रतितोला ९७ हजार २ सय रुपैयाँ कारोबार भएको थियो । यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा एक हजार रुपैयाँले नै बढ्दै ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यता चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा ३० रुपैयाँले बढ्दै एक हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार