free website hit counter

त्यागियो ४ अर्बको बिमालेख

beemaadmin
२०८१ कार्तिक २१, बुधबार

काठमाडौं । दक्ष बीमा अभिकर्ताको अभावकै कारण बीमा पोलिसी छाड्नेको संख्या बढ्ने गरेको छ । क्षणिक लाभ हेरेर गरिएका बीमा पोलिसीले निरन्तरता पाउन सक्दैनन् । चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा बिमा सरेन्डर बढेको छ। यो तीन महिनामा बिमितहरुले कुल ३ अर्ब ८२ करोड ४६ लाख रुपैयाँबराबरको २८ हजार ५७ वटा बिमालेख त्यागेका हुन्। यसरी बिमितले गत साउनमा १ अर्ब ५४ करोडबराबरको र भदौ महिनामा १ अर्ब २१ करोड रुपैयाँको बिमालेख त्यागेका थिए। असोज महिनामा भने १ अर्ब ७ करोड बरारबको बिमालेख त्यागेका हुन् । समग्रमा यो तीन महिनामा बिमितले करिब ४ अर्ब रुपैयाँ बराबरको बिमालेख त्यागेका छन्। नेपाल बीमा प्राधिकरणका अनुसार नेपाल लाइफ इन्स्योरेन्स,लाइफ इन्स्योरेन्सका बिमितले सबैभन्दा धेरै बिमालेख त्यागेका हुन्। पहिलो त्रैमासिकमा नेपाल लाइफको १ अर्ब ८ करोड र लाइफ इन्स्योरेन्सको १ अर्ब २२ करोड रुपैयाँबराबरको बिमालेख त्याग भएको हो। योबाहेक राष्ट्रिय जीवन बिमाको २७ करोडको हुँदा, नेशनल लाइफ इन्स्योरेन्सको २३ करोड, एसियन लाइफको २४ करोड, मेट लाइफको १० करोड र आईएमई लाइफको ५ करोड रुपैयाँबराबरको बिमालेख त्याग भएका हुन्। यस्तै सन नेपाल लाइफको १ करोडबराबरको बिमालेख त्याग हुँदा रिलायबल लाइफको २ करोड, सिटिजन्स लाइफको ४ करोड, सूर्यज्योति लाइफको १ करोड, सानिमा रिलायन्सको ७ करोड, हिमालयन लाइफको १८ करोड र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ४ करोड रुपैयाँबराबरको बिमालेख त्याग भएको हो। प्राधिकरणका अनुसार यी बिमालेखहरु बिमितले तीन किस्ता तिरिसकेपछि त्यागेका हुन्। कानुनतः बिमितले बिमालेख खरिद गरेपछि पहिलो तीन किस्ता तिरेपछि उचित कारणसहित बिमा कम्पनीमा बिमालेख सरेन्डरका लागि निवेदन दिन सक्छन्। यसरी निवेदन स्वीकृत भएको खण्डमा बीमितले बीमाबापत तिरेको रकम फिर्ता पाउँछन्। तर नेपालमा तीन किस्ता नतिर्दै बिमालेख त्याग्नेको संख्या पनि बढ्दो छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार