free website hit counter

त्याे गल्ति गर्दै नगराैं

beemaadmin
२०७७ बैशाख २९, सोमबार

लकडाउन अनिश्चित समयसम्म गर्न सकिंदैन | तर लकडाउन गर्न, खुकिलो गर्न तथा अन्त्य गर्न ठोस आधार हुनुपर्दछ, सहि योजना हुनुपर्दछ | राज्यले कोरोना संक्रमणको ब्यापक परीक्षण गरेर देखिएको परिणाम अनुसार लकडाउनको स्वरूप परिवर्तन गर्नुपर्दछ |
.
अहिलेको परिस्थिति हेरौं
.
– भारतबाट लुकिछिपी नेपाल आउने क्रम बढिरहेको छ | यसरी आएका अधिकांश संक्रमित छन् | उदाहरणको लागि आज कपिलवस्तुमा पोजिटिभ देखिएका संक्रमित मुम्बईबाट लुकिछिपी आएका थिए | यो अवस्था सिमाबर्ती धेरै ठाउँमा हुनसक्छ |
– जोखिमयुक्त क्षेत्रबाट काठमाडौं उपत्याकामा आउने क्रम चलिरहेको छ | नाका अघिं गाडी छोडेर अनि त्यहाँबाट हिंडेर काठमाडौं आउने, भनसुन चल्ने, रातिमा ट्रक तथा टिपरमा आउने क्रम रोकिएको छैन |
– यो साढे ४ महिनामा देशभर जम्मा १७ हजार PCR टेस्ट भएको छ | काठमाडौं उपत्याकामा अत्यन्त न्यून परीक्षण भएको छ | देशव्यापी ब्यापक परीक्षण गरेर रेड जोन, एल्लो जोन तथा ग्रीन जोन छुट्याउने काम गरिएको छैन |
– सामुहिक बसाइका स्थान पत्ता लगाउने काम भएको छैन |
– मास्क, चस्मा, पंजा, ह्याण्ड स्यानिटाइजर, सामाजिक दुरीको नियम आदि अनिबार्य गरिएको छैन |
.
संक्रमणको अवस्था थाहै नपाइ लकडाउन खुकुलो बनाइएको छ | लकडाउन खुकुलो गर्ने योजना पनि हचुवाको भरमा गरिएको छ | पहिलो चरणमा कति प्रतिशत खुलाउने ? कुन कुन सेवा खुलाउने ? जस्ता योजना छैनन् | यस्तो अबैज्ञानिक र खतरनाक निर्णय गर्नुपूर्व बिज्ञहरुको सल्लाह लिने काम भएको छैन | यसो गर्दा उपत्यकामा जुनसुकै बेलामा संक्रमण फैलिने जोखिम बढेको छ |
.
यस्तो महामारीको समयमा उत्कृष्ट नेतृत्व क्षमता भएको व्यक्तिले स्वास्थ्य मन्त्रालयको नेतृत्व गर्ने, भ्रष्ट्राचार हुन नदिने, बिज्ञहरु सम्मिलित टास्क फोर्स बनाउने र त्यो टास्क फोर्सको योजना अनुसार काम गर्ने हो भने हामी कोरोना संक्रमणसंग लड्न सक्षम हुनेछौं |

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार