free website hit counter

थपियो है वैशाख ३ सम्मका लागि लकडाउन

beemaadmin
२०७६ चैत्र २४, सोमबार

काठमाडौं । कोरोना संक्रमणको अवस्था नियन्त्रण बाहिर जान नदिन सरकारले लकडाउन ८ दिन थप गरेको छ । सोमबार दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले बैशाख ३ सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले यसअघि १० चैतदेखि १८ चैतसम्म लकडाउन घोषणा गरेको थियो । त्यसलाई फेरि बढाएर २५ चैतसम्म पुर्‍याइएको थियो ।

सम्बन्धित समाचार