free website hit counter

थप नयाँ ५ कम्पनीले पाए ब्रोकर लाइसेन्स

beemaadmin
२०८० भाद्र १, शुक्रबार

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले थप ५ वटा नयाँ कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गरेको छ। सेबोनको साउन ३२ गतेको निर्णयबमोजिम थप ५ वटा नयाँ कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गरिएको हो। ब्रोकर लाइसेन्स पाउने कम्पनीहरुमा सजिलो ब्रोकर, रोडशो सेक्युरिटिज, बेनी सेक्युरिटिज, हिमालयन सेक्युरिटिज र सनी सेक्युरिटिज कम्पनी छन्। यीमध्ये हिमालयन र सनी सेक्युरिटिजले पूर्ण कार्य गर्ने र बाँकी ३ वटा सीमित कार्य गर्ने ब्रोकरको लाइसेन्स पाएका हुन्। यीसँगै सेबोनबाट नयाँ ब्रोकर लाइसेन्स पाउने कम्पनीको संख्या ३७ पुगेको छ। यसअघि ३२ वटा नयाँ कम्पनीले सेबोनबाट ब्रोकर लाइसेन्स पाइसकेका छन्। यसअघि सेबोनले ४३ कम्पनीहरुलाई ब्रोकर लाइसेन्सका लागि आशयपत्र दिएको थियो । अब ६ वटा कम्पनी ब्रोकर लाइसेन्सको पर्खाइमा छन्। सेबोनबाट ब्रोकर लाइसेन्स पाइसकेकामध्ये १८ वटाले कारोबार सदस्यता पाइसकेका छन्। तीमध्ये केहीले ब्रोकरेज सेवा पनि सुरु गरिसकेका छन्।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार