free website hit counter

थप परिक्षणका लागि पठाइयो राजधानी, एकजनामा देखियो पोजेटिभ

beemaadmin
२०७६ चैत्र २१, शुक्रबार

पोखरा। भारतबाट फर्किएका एक व्यक्तिमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको परीक्षणमा कोरोना संक्रमण पोजेटिभ देखिएपछि थप परीक्षणका लागि ४ जनाको रिपोर्ट काठमाडौं पठाइएको प्रतिष्ठानका डा. बुद्धि थापाले जानकारी दिए । तीमध्ये एक व्यक्तिमा भने पहिलो रिपोर्ट पोजेटिभ आएको र थप परीक्षणका लागि टेकु पठाइएको बताइएको छ । यो विषयमा थप पुष्टि गर्न ४ बजेको स्वास्थ्य मन्त्रालयले गर्ने प्रेस रिलिज कुरिरहेको समेत डा.थापाले बताए । उनले अहिले यसबारेमा केही बोल्न नमिल्ने बताए । गण्डकी प्रदेशबाट कोराना भाइरसको आशंका गरिएका ६० जनाको नमूना संकलन गरिएको थियो । जसमध्ये ४३ जनामा संक्रमण नदेखिएको निर्देशनालयले जनाएको छ । यसअघि विदेशबाट फर्किएका ६ जनामा कोरोना भाइरस पुष्टि भइसकेको छ । शुक्रबार मात्र कतारको राजधानी दोहाबाट नेपाल आएका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार