free website hit counter

थापा नयाँ आइजीपीमा सिफारिस

beemaadmin
२०७७ असार २३, मंगलवार

काठमाडाैं । सत्ता निकट मानिएका महेश बस्नेत र गृहसचिव महेश्वर न्यौपानेको आशिर्वाद पाएका शैलेश थापा नयाँ आईजीपीमा सिफारिश भएका छन् । गृह मन्त्रालयले नेपाल प्रहरीको नयाँ महानिरीक्षकमा एआईजी शैलेश थापा क्षेत्रीलाई प्रस्ताव गरेको हाे । मन्त्रालयको आज बसेको बैठकले थापालाई प्रहरीको वरिष्ठताका आधारमा थापालाई आइजीपीका लागि प्रस्ताव गरिएको हो ।आईजीपीको दाबेदारका रुपमा थापासँगै एआईजी हरिबहादुर पाल पनि छन्। हालका आईजीपी ठाकुरप्रसाद ज्ञवालीले यही असार २४ मा अनिवार्य अवकास पाउंदैछन् । प्रहरीको २८ औं महानिरीक्षकको लागी एआईजीद्धय थापा र हरिबहादुर पाल दौडमा भएपनि गृहले थापाको नाम सिफारिस गरेको हो । थापा २०४९ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हुन । उनलाई नेपाल प्रहरीमा व्यवसायीक अधिकृतका रुपमा चिनिन्छन् । थापाले प्रहरीको केन्द्रीय प्रवक्ता, महानगरीय प्रहरी प्रमुखको रुपमा यसअघि काम गरेका थिए । हाल उनि मानव स्रोत साधन तथा प्रशासन विभागको प्रमुख छन् ।क्षत्रीले सशस्त्र द्वन्द्वका बेला जिल्ला प्रहरी सल्यानको प्रमुख भएर काम गरेका थिए। त्यसपछि क्रमशः सिन्धुपाल्चोक, कास्की, धादिङ र झापामा प्रहरी प्रमुख भए। त्यसैगरी पालले २ नम्बर प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्नुका साथै विशेष ब्युरोमा समेत लामो समय बसेर काम गरेको अनुभव छ । उनि हाल मानव कार्य एवं अपराध अनुसन्धान विभागको नेतृत्व समेत गरिरहेका छन् ।पालले सशस्त्र द्वन्द्वका बेला रोल्पा, रुकुम र डडेलधुरामा काम गरे। उनीसँग एसपी हुँदा रूपन्देही, धनुषा, कास्कीको प्रहरी प्रमुखका रुपमा काम गरेको अनुभव छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार