free website hit counter

थ्री नेसन्स कपको फाइनल खेल हेर्न प्रधानमन्त्री ओली रंगशाला आउने

beemaadmin
२०७७ चैत्र १६, सोमबार

काठमाडौं । थ्री नेसन्स कपको फाइनल खेल हेर्न प्रधानमन्त्री ओली रंगशाला आउने भएका छन् । कीर्गिस्तान, बंगलादेश र नेपाल सम्मिलित थ्री नेसन्स कपको फाइनल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली दरशथ रंगशाला जाने भएका छन्।

सोमबार साँझ साढे पाँच बजेबाट सुरु हुने खेल हेर्न प्रधानमन्त्री ओलीसहित नेकपा एमालेका शीर्ष नेताहरु रंगशाला जाने एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जनाए।

ओलीको साथमा सुवास नेम्वाङ लगायतका नेता र केही मन्त्री पनि सहभागि हुने ओली निकट नेता तथा संसदीय दलका प्रमूख सचेतक भट्टराईले जनाए। फाइनलमा बंगलादेश र नेपाल प्रतिस्पर्धा गर्दैछन्। यसअघिको खेलमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल खेल हेर्न रंगशाला पुगेका थिए।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार