free website hit counter

दक्षिणकालीमा शवसँगै भेटियो विषको बट्टा, मृतक १० कक्षाका विद्यार्थी

beemaadmin
२०७७ चैत्र ६, शुक्रबार

काठमाडौं । काठमाडौंको दक्षिणकाली चाल्नाखेल जंगलमा भेटिएका शवहरुको पहिचान भएको छ। तीमध्ये एक जना कक्षा दशमा पढ्दै गरेका १६ वर्षीय अर्जुन खड्का र १७ वर्षीय मंगल तामाङ रहेको प्रहरीले जनाएको छ । तर उनीहरुको आत्महत्या हो वा हत्या भन्ने अझै खुलेको छैन । अर्जुन खड्का नुवाकोटका हुन् भने मंगल तामाङ काभ्रेपलाञ्चोकका। बाङ्गेमुडामा बस्दै आएका उनीहरु हिजो खाना खाएर साथीको घर ललितपुर जाने भन्दै हिँडेका थिए। घटनास्थलमा प्रहरीले दुईवटा विषादीको बट्टा पनि भेटेकाले आत्महत्या हुनसक्ने प्रारम्भिक अनुमान छ। घटनास्थलमा विषको बट्टा भेटिएको छ। पोस्टमार्टम पछिमात्र यकिन के हो भन्न सकिने महानगरीय प्रहरी परिसरका एसपी रमेशकुमार बस्नेतले बताएका छन् । दक्षिणकाली नगरपालिकाको चाल्नाखेल जंगलमा दुई जनाको शव भेटिएको थियो। एक जनाको खोल्सामा र एक जनाको डिलमा शव भेटिएपछि प्रहरी अनुसन्धानका लागि जुटेको थियो। प्रहरीले घटनास्थल घेराबन्दी गरेर अनुसन्धान अगाडि बढाएको हो। अनुसन्धानका लागि दुई वटा कुकुर समेत परिचालन गरिएको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार