free website hit counter

दक्षिण कोरियामा भेटियो एकैदिन ६ सयमा कोरोना

beemaadmin
२०७६ फाल्गुन १८, आईतवार

सियोल। चीनबाट शु्रु भएको कोरोना भाइरसको आतंक आज विश्वभर पुगिसकेको छ । झण्डै तीन हजार मानिसको ज्यान लिइसकेको यो भाइरसले पछिल्लो समय इरान, कोरिया, जापान तथा युरोपियन मुलुकहरुमा समेत आतंक बढाइरहेको छ । दक्षिण कोरियामा एकैदिन झन्डै ६ सय जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। नेपाली युवाहरुको बाक्लो उपस्थिति रहेको कोरियामा दिनदिनै कोरोनाको संक्रमण बढ्दा नेपाली युवाहरु कति सुरक्षित छन् भन्ने अवस्था सिर्जना भएको छ । विज्ञानले समेत पत्ता लगाउन नसकेको कोरोना विरुद्ध नेपालमा खासै पूर्व तयारी नभए पनि पशुपतिनाथको कृपाले आजसम्म कोरोना संक्रमण देखिएको छैन । कोरियाका स्वास्थ्य अधिकारीका अनुसार पाँच सय ९४ जनामा संक्रमण पुष्टि भएको हो।
यो दक्षिण कोरियामा एकैदिन भएको सबैभन्दा बढी संख्याको संक्रमण हो। अन्तर्राष्ट्रिय समाचार संस्था सिएनएनका अनुसार दक्षिण कोरियामा कोरोना भाइरसबाट तीन हजार एक सय ५० संक्रमित छन् भने ७ जनाको मृत्यु भइसकेको छ। दक्षिण कोरियामा सबैभन्दा बढी संक्रमित दक्षिण–पूर्वी डाएगु सहरका छन्। सिन्चोञ्जी चर्च नामक समूहको सदस्यहरूले एकअर्कामा सारेपछि त्यहाँ कोरोना भाइरस संक्रमण फैलिएको बताइन्छ। उक्त समूहका एक ६१ वर्षीय महिलालाई गत साता संक्रमण भएको पुष्टि भएको थियो। ती महिलाले सुरुमा अस्पताल जान अस्वीकार गरेकी र कोरोना भाइरस संक्रमण भएको पुष्टि हुनु अगाडि चर्चका केही प्रार्थनामा सहभागी भएको बताइएको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार