free website hit counter

दराजले ल्यायो ६० प्रतिशत छुटसहितका यस्ता योजना

beemaadmin
२०७६ फाल्गुन १४, बुधबार

काठमाडौं । नेपालको बृहत अनलाइन शपिङ्ग साइट दराजले एप्पि शपिङ्गको साथ २०२० को पहिलो शपिङ्ग अभियान घोषणा गरेको छ । फेब्रुअरी २५ देखि मार्च २ सम्म हुने यस १ हप्ता लामो अभियानले ग्राहकहरुलाई अनेक मनोरञ्जनात्मक सुविधाहरूको माध्यमबाट रमाइलो र अन्तरक्रियात्मक एप अनुभव पुर्याउनेमा केन्द्रित छ ।

दराजको अन्तरक्रियात्मक गेम जोनले एप प्रयोगकर्ताहरूलाई रोमाञ्चक खेलहरू खेली उपहार जित्ने अवसर प्रदान पनि गर्दछ । यसबाहेक, वन रुपी गेम, मिशन गेम, र शेक शेक जस्ता आकर्षणहरू पनि छन् । प्रयोगकर्ताहरूले दराजको शेक शेक गेममार्फत थप छुट प्राप्त गर्न पनि सक्दछन् । यसबाहेक, कपडा, क्यामेरा, फोन, इलेक्ट्रोनिक्स, सौन्दर्य उत्पादनहरू र अन्य उत्पादनहरूमा भारी छुट प्रदान गर्दै क्रेजी फ्ल्यास सेल्स विशेष समयमा आयोजित हुनेछ ।

यो एप अभियानमार्पmत दराजले मेगा डिलहरू प्रदान गर्नेछ जसअन्तर्गत धेरै उत्पादनहरूमा ६० प्रतिशतसम्मको छुट हुनेछ । यसबाहेक, प्रयोगकर्ताहरूले क्रेजी भाउचरहरूको प्रयोग गरी सामानहरूका मूल्यहरूमा अझै धेरै छुट लिन सक्छन् । साथै यस अभियानमा दराजले निःशुल्क वितरण, उपहारहरु, बन्डल अफरहरू र अधिक धेरै आकर्षणहरु प्रस्तुत गर्नेछ ।

यी बाहेक, ग्राहकहरूले दराजको बैंकिङ्ग साझेदारहरूको डेबिट र क्रेडिट कार्डहरू प्रयोग गरी पूर्व भुक्तानी गरेमा थप छुटको मज्जा लिन सक्छन् । दराजको बैंकिङ्ग साझेदारहरू नबिल बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, सिद्धार्थ बैंक, र एनआईसी एशिया बैंक हुन् । प्रत्येक बैंकले हप्ता भरि विशेष दिनहरूमा छुट प्रदान गर्दैछ ।

सम्बन्धित समाचार