free website hit counter

दर्जनौं यात्रीको उद्दार गर्ने तामाङलाई महालक्ष्मी सम्मान

beemaadmin
२०७६ मंसिर १९, बिहीबार

काठमाडौं । अरनिको राजमार्ग अन्तर्गत सुकुटेमा बस दुर्घटना हुँदा दर्जनौं यात्रीको उद्दार गरेका सोनाम तामाङ (र्याफटिङ गाइड) लाई महालक्ष्मी बैंकले सम्मान गरेको छ ।

महालक्ष्मी विकास बैंकको खाडीचौर शाखाले सोनाम तामाङलाई पन्ध्र हजार रुपैया सहित सम्मान गरेको हो । उनको साहसिक कार्यको कदरस्वरुप बैंकले सो रकमसहित सम्मान गरेको हो ।

कात्तिक १७ गते मागा देउरालीबाट काठमाण्डौंका लागि छुटेको बस सुकुटेमा दुर्घटना भएको थियो । यस्ता प्रेरणा दायी व्यक्तिलाई सम्मान गर्दा युवाहरुमा समाज सेवाका लागि थप हौसला मिल्ने विश्वास बैंकले लिएको छ ।

सम्बन्धित समाचार