free website hit counter

दशैंमा मेगाको उपहार ९.५५ प्रतिशत ब्याजदरमा मेगा मुद्दती खाता योजना

beemaadmin
२०७८ आश्विन ३, आईतवार

काठमाडौं । नेपालीहरुको महान चाड दशैं नजिकिँदै गरेको सन्दर्भमा मेगा बैंकले ग्राहकहरुलाई ‘दशैंको बहार, मेगा बैंकको उत्कृष्ट ब्याजदरको उपहार’ नाराका साथ उच्च ब्याजदर योजना ल्याएको छ । मेगा बैंक नेपाल लिमिटेडले मुद्दती तथा बचत खातामा ९ दशमलव ५५ प्रतिशतसम्म ब्याजदर दिने भएको हो ।
ग्राहकहरुले मेगा बैंकको मुद्दती खातामा बार्षिक ९ दशमलव ५५ प्रतिशतसम्म ब्याज पाउने भएका छन् । यसैगरी, बचत खातामा ६ दशमलव ०५ प्रतिशतसम्म ब्याज पाउने भएका छन् । जुन अहिले वित्तीय बजारमा चलिरहेको सर्वाधिक ब्याजदर मध्येको एक हो ।

यसैगरी, मेगा बैंकले वार्षिक ब्याजदर ५ दशमलव ०५ प्रतिशतसम्म रहेको मासिक रुपमा ब्याज प्राप्त हुने नयाँ बचत खाता योजना ल्याएको छ । ‘मेगा महा बचत खाता’ नामक यस बचत योजनामा दुई वर्षसम्म भिसा डेबिट कार्ड र मोबाइल बैंकिङ्ग सुविधा निःशुल्क दिने पनि बैंकले जनाएको छ । दुई वर्षसम्म लकर शुल्कमा ५० प्रतिशत छुट र उपभोक्ता कर्जा शुल्कमा २५ प्रतिशत छुट सुविधा रहेको यस खाता न्यूनतम १ हजार रुपैयाँमा खोल्न सकिने मेगा बैंकले जनाएको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार