free website hit counter

दसैँको टीको कुन देशमा कति बजे ? (समयसहित)

beemaadmin
२०७८ आश्विन १६, शनिबार

काठमाण्डौ। रोजी रोटी र भविष्य खोज्दै विश्वको जुनसुकै कुनामा पुगे पनि आफ्नो धर्म, संस्कृति र रितिरिवाजलाई कसैले पनि भुल्न सक्दैन । दशैं नजिकिँदै गएको छ । विश्विभर छरिएका नेपालीले दशैंलाई आ–आफ्नै तरिकाले मनाउने गरेका छन् । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले विदेशमा बसोबास गर्ने नेपालीका लागि पनि दसैँको टीका लगाउने साइत तयार पारेको छ। विदेशमा रहेका नेपालीहरुले विजया दशमीको टीकाको साइतबारे जिज्ञासा राखिएकाले विभिन्न देशमा टीका लगाउने साइत तयार पारिएको समितिले जनाएको छ। समितिको हिजो बसेको बैठकले विभिन्न देशमा दसैँको टीकाको साइत तय गरेको हो।

समितिका अनुसार नेपालमा दसैँको टीकाको उत्तम साइत असोज २९ गते बिहान १०ः ०२ मिनेटमा रहेको छ। यसैगरी भारतको देहलीमा १५ अक्टोबरको दिन बिहान ९ः०५ मिनेटमा टीकाको साइत रहेको समितिले जनाएको छ।
समितिका अनुसार अमेरिकाको न्युयोर्क, केन्टुकी, टेक्सास र क्यालिफोर्नियामा १५ अक्टोबरको दिन क्रमशः बिहान ९ः२५, ८ः४५, ८ः१५ र ७ः१५ बजे दसैँको टीका लगाउने उत्तम साइत रहेको छ। क्यानडाको टोरेन्टोमा १५ अक्टोबरमा बिहान ८ः३५ बजे र जापानको टोकियोमा १५ अक्टोबरमा बिहान ११ः०५ दसैँको टीका लगाउने उत्तम साइत परेको छ।

देशअनुसार देशमा दसैँको टीकाको साइत–

सम्बन्धित समाचार

अर्का मान्य पनि कालो सूचिमा

beemaadmin
२०८२ फाल्गुन २८, बिहीबार

७ महिनामा साढे १२ खर्ब रेमिट्यान्स

beemaadmin
२०८२ फाल्गुन २८, बिहीबार

सेबोनको कारबाहीमा परे तीन ब्रोकर

beemaadmin
२०८२ फाल्गुन २७, बुधबार