काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालले लामो समयदेखि भुक्तानी हुन बाँकी बीमालेखको चुक्ता, जीवित लाभ तथा पूर्ण परिपक्व लाभ रकम लिन बीमितलाई आग्रह गरेको छ।
कम्पनीले शुक्रबार सूचना जारी गर्दै विभिन्न मितिमा बीमालेख परिपक्व भए पनि लामो समयदेखि सम्बन्धित बीमितले रकम लिन नआएकाले भुक्तानी हुन बाँकी रहेको जनाएको छ।
दाबी रकम लिन बीमित वा कानुनी हकवालाले सक्कल बीमालेख, नागरिकताको प्रतिलिपि, रद्द गरिएको चेकको प्रतिलिपिलगायत आवश्यक कागजातसहित आफूलाई पायक पर्ने कम्पनीका कुनै पनि शाखा वा उपशाखा कार्यालयमा सम्पर्क गर्नुपर्नेछ।
कम्पनीले आवश्यक प्रक्रिया पूरा गरी बीमित तथा कानुनी हकवालालाई भुक्तानी लिन आग्रह गरेको छ।
