free website hit counter

दाबी व्यवस्थापन प्रभावकारी बनाउन स्वास्थ्य बीमा बोर्डको नयाँ स्पष्टता

beemaadmin
२०८२ फाल्गुन १८, सोमबार

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले दाबी व्यवस्थापन प्रक्रियालाई थप वैज्ञानिक र प्रभावकारी बनाउन आवश्यक स्पष्टता दिएको छ। बोर्डले यसअघि यस विषयमा पत्राचार गरिसकेको उल्लेख गर्दै सोही आधारमा पुनः विस्तृत स्पष्टीकरणसहित निर्देशन जारी गरेको हो। बोर्डका अनुसार दाबी व्यवस्थापन कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन सेवाप्रदायक स्वास्थ्य संस्थाहरूले बीमा व्यवस्थापन सूचना प्रणालीमा दाबी प्रविष्ट गर्दा निश्चित मापदण्ड पालना गर्नुपर्नेछ। विशेषगरी ओपिडी, रिफरल तथा इमर्जेन्सीमार्फत भर्ना भएका बिरामीको हकमा ‘भिजिट टाइप’ मा ‘अदर्स’ उल्लेख गर्नुपर्नेछ। साथै ‘केयर टाइप’ अन्तर्गत ओपीडी सम्बन्धी स्तम्भमा अनिवार्य रूपमा ‘आईपीडी’ उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ। यस कदमबाट दाबी प्रक्रिया थप स्पष्ट, एकरूप र पारदर्शी बन्ने अपेक्षा बोर्डले गरेको छ।

सम्बन्धित समाचार