free website hit counter

दावी प्रक्रियालाई सरल बनाउन बीमा समितिको सक्रियता

beemaadmin
२०७७ असार २५, बिहीबार

काठमाडौं । बीमा व्यवसायलाई विश्वासिलो, भरपर्दो र समयसापेक्ष बनाउन क्रियाशी नियामक निकाय बीमा समितिले दाबी प्रक्रियालाई अझै सरल र सहज बनाउन के गर्न सकिन्छ भन्ने विषयमा छलफल थालेको छ । आर्थिक वर्ष सकिनै लाग्दा बीमा समितिले बीमा सर्भेयरहरुसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो । आगामी आर्थिक वर्षमा अपनाउनुपर्ने नयाँ रणनीति तथा बीमा दावी भुक्तानीलाई थप सरल बनाउन के गर्न सकिन्छ, लकडाउनको विद्यमान अवस्थामा बीमा सर्भेयरलाई परेका अप्ठेराहरुको विषयमा छलफल भएको थियो। बीमा समितिको हलमा आयोजित कार्यक्रममा बीमा सर्भेयर संघ नेपालका अध्यक्ष सूर्यप्रसाद जोशीसहितका पदाधिकारीसँग बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँई, कार्यकारी निर्देशक राजुरमण पौडेललगायतका बरिष्ठ अधिकारीहरुले छलफल गरेका हुन् । बीमा सर्भेयरका समस्या, बीमा दावीलाई सरलिकृत गर्ने बारेमा छलफल गरिएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । बीमा दावी भुक्तानी सरल गर्ने सम्बन्धमा बजेट बक्तव्यमै उल्लेख भएको सन्दर्भमा बीमा सरलिकृत गर्ने बारेमा तथा यसका प्रक्रियागत रुपमा आईपर्ने चुनौति र यसका समाधानका विषयमा छलफल भएको बीमा सर्भेयर संघ नेपालका अध्यक्ष सूर्य प्रसाद नेपालले बताएका थिए ।

सम्बन्धित समाचार

एनएमबि लघुवित्तको नाफामा पहिरो

beemaadmin
२०८१ बैशाख २६, बुधबार

एचआईडिसिएलको नाफा बढ्यो

beemaadmin
२०८१ बैशाख २६, बुधबार