free website hit counter

दिनदिनै रेकर्ड ब्रेक गर्दै सुनको मूल्य तोलामै ७ हजार १०० रुपैयाँले बढ्यो

beemaadmin
२०८२ आश्विन ३१, शुक्रबार

काठमाडौं । असोज ३१ गते, शुक्रबार, नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेर रेकर्ड ब्रेक गरेको छ । यस दिन सुनको मूल्य प्रतितोला ७ हजार १०० रुपैयाँले बढेर रेकर्ड ब्रेक गरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ५८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सो मूल्य हालसम्मको उच्च हो । बिहीबारको बजारमा छापावाल सुन प्रतितोला २ लाख ५० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । सो मूल्यलाई ब्रेक गर्दै आज सुनको मूल्यले नयाँ उचाई बनाएको हो । पछिल्ला दिन सुनको मूल्यले निरन्तरको रेकर्ड ब्रेक गर्दै बढेको हो । यस दिन चाँदीको मूल्य पनि तोलामा ७५ रुपैयाँले बढेर रेकर्ड ब्रेक गरेको छ । शुक्रबारको बजारमा चाँदी प्रतितोला तीन हजार ३५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । असोज २८ कायम चाँदी तोलाको तीन हजार ३२५ रुपैयाँको उचाईलाई ब्रेक गर्दै नयाँ उचाई बनाएको हो । बिहीबारको बजारमा चाँदी प्रतितोला तीन हजार २७५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार