काठमाडौं । दुई दिनभित्र सुन एक तोलामै १९ सय रुपैयाँले वृद्धि भधएको छ । चैत २७ गते शुक्रबार पनि सुन र चाँदीको भाउ बढेको हो। शुक्रबार सुनको भाउ तोलामा ९०० रुपैयाँले बढेको छ भने चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेको छ। जबकि बिहीबार मात्रै सुनको मूल्य तोलामा १ हजारले बढेको थियो । यस दिन छापावाला सुन प्रतितोला ८९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला ८९ हजार ४५० रुपैयाँमा खरिद बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ। अघिल्लो दिन छापावाला सुन प्रतितोला ८९ हजार र तेजाबी सुन प्रतितोला ८८ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो। यस्तै शुक्रबार चाँदीको भाउ पनि बढेर १ हजार २८० रुपैयाँ पुगेको महासँघले जनाएको छ। बिहीबार चाँदी प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भएको थियो।