free website hit counter

दुई बीमा कम्पनीलाई हकप्रद निष्काशनको अनुमति

beemaadmin
२०७६ माघ ४, शनिबार

काठमाडौं । चुक्ता पुँजीको चटारोमा रहेका दुई दुई बीमा कम्पनीले हकप्रद निष्काशन अनुमति दिएको छ । बोर्डले एनएलजी इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सलाई ७६ करोड ९१ लाख रुपैयाँ बराबरको हकप्रद निष्काशन गर्न अनुमति दिएको हो ।

एनएलजी इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ६० प्रतिशत अर्थात १० कित्ता बराबर ६ कित्ताको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न अनुमति पाएको छ । एनएलजी इन्स्योरेन्सको हाल कायम चुक्ता पूँजी ६४ करोड ४ लाख रुपैयाँको ६० प्रतिशत अर्थात ३८ लाख ४२ हजार ४३७ कित्ता हकप्रद शेयर निष्काशन गर्ने अनुमति पाएको हो । हकप्रद निष्काशन पछि इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब २ करोड रुपैयाँ पुग्नेछ । यस अघि नै इन्स्योरेन्सले लक्ष्मी क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मा दिइसकेको छ ।

त्यस्तै प्रुडेन्सियल इन्स्योरेन्सले पनि चुक्ता पूँजीको ६० प्रतिशत अर्थात १० बराबर ६ कित्ता शेयरको अनुपातमा ३८ करोड ४९ लाख रुपैयाँ बराबरको ३८ लाख ४९ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न बोर्डबाट अनुमति पाएको छ ।
इन्स्योरेन्सको सत्रौं वार्षिक साधारणसभाले हकप्रद निष्काशनको प्रस्ताव पारित गरेको थियो । हकप्रद शेयर जारी गरेपछि कम्पनीको चुक्ता पूँजी बीमा समितिले तोके अनुसारकै १ अर्ब २ करोड पुग्नेछ । कम्पनीको हकप्रद शेयरमा बिक्री प्रबन्धकको काम एनएमबी क्यापिटलले गर्नेछ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार