free website hit counter

दुर्घटनामा नायिका महिमा सिलवालको मृत्यु

beemaadmin
२०७६ फाल्गुन १, बिहीबार

काठमाडौं । नायिका महिमा सिलवाल सवार स्कुटरलाई बसले ठक्कर दिँदा मृत्यु भएको छ । धादिङको गजुरी गाउँपालिका २ चाम्बासमा बुधबार साँझ बससँग ठोक्किएर स्कुटरमा सवार सिलवालको मृत्यु भएको हो । चितवनको भरतपुर महानगरपालिका १३ गीतानगरकी २२ वर्षीया सिलवालको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा मृत्यु भएको प्रहरीले जनाएको छ । भैरहवाबाट काठमाडौं आउँदै गरेको लु २ ख १३५ नम्बरको बस र सिलवाल सवार बा ९८ प ७०५८ नम्बरको स्कुटर हिँजो साँझ पौने ६ बजे ठोक्किएका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएकी चितवनको भरतपुर महानगरपालिका १३ गीतानगरकी शर्मिला सिलवाललाई उपचारको लागि काठमाडौं ल्याइएको छ । बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार