free website hit counter

दुर्घटना ग्रस्त एयर डाइनेस्टीको बीमा सलिकोमा, कति पर्छ दाबी ?

beemaadmin
२०८१ श्रावण २४, बिहीबार

काठमाडौं । नुवाकोटको सुर्यचौर दुर्घटनामा परेको एयर डाइनेस्टी हेलिकप्टरको बीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) मा गरेको पाइएको छ । दुर्घटनामा परेको एयर डाइनेस्टीको हेलिकप्टरको बीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्समा १८ करोड रुपैयाँ बराबरको गरेको बताइएको छ । दुर्घटनामा परेको एयर डाइनेस्टी हेलिकप्टरको १८ करोड रुपैयाँ बराबरको बीमा गरिएको छ भने यात्रूहरूको २० हजार अमेरीकी डलर र हेलिकप्टर पाइलटको १ लाख अमेरीकी डलरको बीमा गरिएको हुन्छ । तर, हेलिकप्टरको बीमामा बीमाङ्क रकमको ५ प्रतिशत कट्टा गरेर बाँकी रकम दाबी भुक्तानी दिईने बीमालेख शर्तमा उल्लेख छ । त्यसैले हेलिकप्टर कम्पनीले बीमा दाबी बापत १७ करोड १० लाख रुपैयाँ पाउनेछ । कम्पनी स्रोतका अनुसार मृतक पाइलटका परिवारले भने एक लाख डलर अर्थात् १ करोड ३३ लाख रुपैयाँ र ४ जना यात्रुका परिवारले भने प्रतिव्यक्ति २० हजार डलरका दरले ८० हजार डलर अर्थात् १ करोड ६ लाख रुपैयाँ बीमा दाबी पाउनेछन् । यदि सो हेलिकप्टरमा कार्गो अथवा कुनै सामाग्रीमा क्षति भएको छ भने पनि बीमा कम्पनीले क्षतिको विवरण हेरेर दाबी भुक्तानी दिनेछ । साथै हेलिकप्टर दुर्घटना हुँदा तेस्रो पक्षलाई पनि क्षति भएको छ भने त्यसको दायित्व पनि बीमा कम्पनीले बेहोर्ने छ । तर, कार्गो र तेस्रो पक्षको क्षतिको विवरण भने सर्भेयरले सर्भे गरेपछि मात्रै यकिन तथ्याङ्क आउने कम्पनीले बताएको छ । कम्पनी स्रोतका अनुसार एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनाको कुल बीमा दाबी २० करोड रुपैयाँसम्म आउन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । उक्त दाबी भुक्तानीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सको दायित्व भने न्यून रहने देखिन्छ । बीमा कम्पनीको दायित्य ३० लाख रुपैयाँ र बाँकी भुक्तानी दायित्य पुनर्बीमा कम्पनीहरूले बेहोर्नुपर्ने बीमा कम्पनीले बताएको छ । उक्त हेलिकप्टर बीमाको पुनर्बीमा नेपाल रिइन्स्योरेन्स सहित विश्वका ७ पुनर्बीमा कम्पनीमा गरेको कम्पनीले बताएको छ । नेपाल रिइन्स्योरेन्सले भने ४ करोड रुपैयाँ दायीत्व बेहोर्नुपर्ने देखिन्छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार