free website hit counter

देउवा निवासबाट भयो यस्तो निर्णय

beemaadmin
२०७६ पुष १९, शनिबार

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र समाजवादी नेपालले राष्ट्रियसभाका निर्वाचनमा सहकार्य गर्ने भएका छन् । सहकार्यको निर्णयसँगै राष्ट्रियसभाका निर्वाचनका लागि नेपाली काँग्रेसले उम्मेदवारहरुको टुंगो लगाएको छ ।
सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले राष्ट्रियसभाका १४ उम्मेदवार तय गरेको हो । प्रदेश ६ का दुई उम्मेदवारको भने टुंगो लाग्न बाँकी रहेको बताइएको छ ।

प्रदेश १ बाट दलितमा निरबहादुर विश्वकर्मा, महिलामा मिना पुलामी मगर र अन्यमा राजेन्द्र घिमिरेलाई उम्मेदवार बनाइएको छ । प्रदेश २ बाट महिलामा नगिना यादव र अल्पसंख्यकरअपाङ्गताको कोटामा भोला पन्जियारले टिकट पाएका छन् । दलित र अन्य पदमा भने कांग्रेसलेसमाजवादी पार्टीलाई सघाउने बताएको छ ।

प्रदेश ३ मा महिलाबाट छलीकुमारी शर्मा उपाध्याय र अन्यमा हरिशरण श्रेष्ठले टिकट पाएका छन् । यस्तै गण्डकी प्रदेशबाट अन्यमा सूर्यप्रसाद रेग्मी र महिलामा विमला गौचन तथा प्रदेश ५ बाट अन्यमा बालकृष्ण पाण्डे, महिलामा गिरिजा न्यौपाने र अल्पसंख्यंकरअपांगता कोटामा मेराज हलवाई उम्मेदवार बनाइएको छ । सुदूरपश्चिम प्रदेश महिलाबाट तुलसी देवकोटा र अन्यबाट प्रताप ठगुन्नालाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

सम्बन्धित समाचार

सानिमा रिलायन्सको नाफा झण्डै दोब्बर

beemaadmin
२०८१ बैशाख २८, शुक्रबार

जोखिम न्युनिकरणका फाइदा

beemaadmin
२०८१ बैशाख २८, शुक्रबार

छिमेक लघुवित्तको नाफामा गिरावट

beemaadmin
२०८१ बैशाख २८, शुक्रबार