free website hit counter

देवरको बिहेमा आफ्नोमा भन्दा धेरै गहना किनिएपछि….

beemaadmin
२०७७ फाल्गुन २४, सोमबार

एजेन्सी । महिलाहरु गरगहनाको हिसावकिताव धेरै गर्छन् । देवरको बिहेमा आफ्नो बिहेमा भन्दा धेरै गहना किनिएको रिसमा एक महिलाले आफ्ना तीन जना छोराहरुलाई विष खुवाएर आफूले पनि विष खाइन् । बुधबार राति विष पिएकी यी महिला र उनका एक छोराको मृत्यु भएको छ । अन्य २ छोराहरुको जीवन भने बाँचेको छ । हिन्दूस्तान दैनिकका अनुसार भारतको उत्तर प्रदेशको देवरियाकी ३२ वर्षकी रंगीता देवीका देवर अम्बुजको बिहे हुने तय भइसकेको छ । यसको लागि १० दिन पहिले गहना किनिएको थियो । रंगीता देवीलाई बिहेमा जति गहना दिइएको थियो त्यो भन्दा अहिले कानको टपहरु बढी किनिएको थियो । यो कुरा मन नपरेपछि रंगीताले सासुलाई धेरै कुरा भनिन् र परिवारका अन्य सदस्यसँग पनि बोल्न छोडिन् । परिवारका अनुसार उनले सासुलाई पाठ सिकाउने पनि बताएकी थिइन् ।
बुधबार राति खाना खाएपछि उनी छोराहरु लिएर सुत्न गइन् । राती उनले पतिलाई फोन गरेर देउरानीको लागि किनिएका गहनाबारे कुरा पनि गरेकी थिइन् । उनले पतिसँग आफ्नो लागि मंगलसूत्रको माग पनि गरेकी थिइन् । पतिले पनि भाइको बिहेपछि मंगलसूत्र बनाइदिने बताएका थिए । तर, यही रिसमा उनले किटनाशकको घोल बनाएर छोराहरुलाई खुवाएर आफूले पनि पिइन् । रंगीतासहित उनका छोराहरु १० वर्षमा जयराज, ६ वर्षका शिवराज र ५ वर्षका रामराजको हालत बिग्रिएपछि परिवारले उनीहरुलाई अस्पताल लगेका थिए । बरहज स्वासथ्य केन्द्र पुग्दा रंगीताको मृत्यु भइसकेको थियो । तीन छोराहरुलाई जिल्ला अस्पताल रिफर गरिएकोमा माइला छोरा शिवराजको पनि मृत्यु भयो । अन्य दुई छोराहरुलाई भने स्वासथ्यमा सुधारपछि डिस्चार्ज गरिएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार