free website hit counter

देवीलाई बल्ल मिल्यो न्याय

beemaadmin
२०७७ बैशाख ३, बुधबार

काठमाडौं । सरकारले भूमि समस्या समाधान आयोगको अध्यक्षमा देवी ज्ञवालीलाई नियुक्त गरेको छ। देवी उनै पात्र हुन् जो भरतपुर नगरपालिकाको चुनावमा प्रचण्ड पुत्री रेणु दाहालसँग पराजित हुँदा ठूलै चर्चा पाएका थिए । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले आयोगको अध्यक्षमा नेकपा केन्द्रिय सदस्य ज्ञवालीलाई नियुक्त गरेको हो।
भूमिहिन सुकम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने अधिकारसमेत दिएर नियुक्त गरिएका ज्ञवाली १५ औं आयोगको अध्यक्ष हुन्। यसअघि २०४६ सालयता बनेका सरकारले १४ वटा आयोग गठन गरिसकेका छन् ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकामा तत्कालीन नेकपा एमालेको तर्फबाट मेयरमा उम्मेदवार बनेका थिए। उनी तत्कालीन एकीकृत माओवादी र कांग्रेस गठबन्धनबाट उम्मेदवार बनेकी रेणु दाहालसँग पराजित भएका थिए। मतगणनाको अन्तिम समयमा तत्कालीन एकीकृत माओवादी कार्यकर्ताले मतपत्र च्यातेपछि एउटा वडामा पुनः मतदान भएको थियो। त्यसपछि ज्ञवाली झिनो मतले मात्र पराजित भएका थिए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार