free website hit counter

देशभर १२२८ जनामा कोरोना संक्रमण हुँदा उपत्यकामै यति धेरै

beemaadmin
२०७७ भाद्र १८, बिहीबार

काठमाडौं । देशभरको संक्रमणको अवस्था हेर्दा उपत्यकामा संक्रमणको अवस्था भयानक बन्दै गएको छ । घना वस्ती र चलहपहलले गर्दा पनि संक्रमण बढिरहेको छ । पछिल्लो २४ घण्टामा थप १२२८ जनामा कोरोना भाइरसको सक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार ४१३ नमुना परीक्षण गर्दा ३९४ महिला र ८३४ पुरुषमा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ९१७ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा ४४५ जना
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४४५ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३५७, भक्तपुरमा ४२ र ललितपुरमा ४६ जना संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा देशभरमा १२ सय २८ जनामा संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ४१३ जनाको पीसीआर परीक्षण गर्दा ३९४ जना महिला र ८३४ जना पुरुष गरी १२ सय २८ जनामा संक्रमण देखिको हो । बिहीबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त भएर ९१७ जना डिस्चार्ज भएका छन् । बिहीबारसम्म डिस्चार्ज हुनेको संख्या २४ हजार ३०७ रहेको छ ।

 

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार