free website hit counter

देह व्यापार मामलामा पक्राउ परेका बलिउडका स्टारहरू

beemaadmin
२०७८ जेष्ठ ५, बुधबार

मुम्बई । बलिउडमा कैयौं अभिनेत्रीहरु स्टारडम पाउने सपना लिएर आउछन् । तर असफल भएपछि उनीहरु गलत बाटो अपनाउने गरेका छन् । बलिउड लाइफका अनुसार बलिउडमा यस्ता केही अभिनेत्रीहरु छन्, जो पैसा कमाउनका लागि आफ्नो शरीर बेच्नसमेत पछि परेका छैनन् । यस्तोमा केही स्वयं देह व्यापारमा संलग्न अवस्थामा त कोही देह व्यापारमा संलग्न गराएको आरोपमा प्रहरीको पक्राउमा परेका छन् । यो सूचीमा पहिलो नाम ऐश अंसारीको छ । जसलाई जोधपुर प्रहरीले सन् २०११ मा एक ‘सेक्स रेकेट’को हिस्सा बनेको भन्दै पक्राउ गरेको थियो । दक्षिण भारतीय फिल्ममा आइटम गीत गर्ने अभिनेत्री भुवनेश्वरीले कैयौं ‘बी’ ग्रेडका फिल्ममा अभिनय गरिसकेकी छन् । उनलाई चेन्नईमा देह व्यापारमा संलग्न भएको आरोपमा पक्राउ गरेको थियो । तेलुगू फिल्म उद्योगमा काम गर्ने अभिनेत्री नीतू अग्रवाललाई आन्ध्र प्रदेश प्रहरीले तस्करीको मामलामा पक्राउ गरेको थियो । फिल्म ‘मकडी’मा अभिनय गर्ने अभिनेत्री श्वेताप्रसाद बसुको नाम पनि देह व्यापारमा जोडिएको छ । उनलाई प्रहरीले वेश्यावृत्तिमा संलग्न भएको आरोपमा पक्राउ गरेको थियो । अभिनेत्री शर्लिन चोपडाले एक समय आफूले पैसाका लागि मानिसहरुसँग सुतेको बताएकी थिइन् । यद्यपि कतिपयले उनको भनाईलाई केवल ‘स्टण्ट’ मात्र भएको दाबी गरेका थिए । तमिल उद्योगकी मिल्की ब्यूटी केरोलिनलाई प्रहरीले एक पाँचतारे होटलमा आपत्तिजनक अवस्थामा पक्राउ गरेको थियो । तमिल फिल्ममा अभिनय गर्ने दिव्याले केही फिल्ममा अभिनय गरेपछि देह व्यापारमा संलग्न हुने निर्णय लिएकी थिइन् । प्रहरीले उनलाई केही क्रिकेटर र व्यापारीसँग आपत्तिजनक अवस्थामा भेट्टाएका थिए । अभिनेत्री मिष्टी मुखर्जीलाई प्रहरीले पक्राउ गर्दा उनको साथबाट २५ हजार सेक्स सिडी र २ लाख रुपैंयाँ नगद बरामद गरेको थियो । तेलुगु फिल्ममा स–साना भूमिकामा अभिनय गर्ने सीमालाई प्रहरीले सन् २००९ मा देह व्यापारमा संलग्न भएको आरोपमा पक्राउ गरेको थियो । टेलिभिजनकी अभिनेत्री संगीता बालनलाई प्रहरीले कोठी चलाएको आरोपमा पक्राउ गरेको थियो ।

सम्बन्धित समाचार