free website hit counter

दैनिक मदिरा र ऋणको बोझले भक्तपुर हत्याकाण्ड

beemaadmin
२०७७ भाद्र २९, सोमबार

काठमाडौं । जागिर नहुँदाको तनाव, कोरोना कहर, दैनिकको मदिरा सेवन बैंक तथा व्यक्तिगत ऋणको दबावकै कारण भक्तपुरमा एउटा सुन्दर परिवारको अन्त्य भएको प्रारम्भिक अनुमान गरिएको छ । मध्यपुरथिमि नगरपालिका–९ निकोसेरास्थित आफ्नै घरमा मृत फेला परेका सुदीप अधिकारी दम्पती र छोरा सुशान्तको पोष्टमार्टम रिपोर्ट आएको छ ।

शुक्रवार साँझ मृत फेला परेका उनीहरुको भक्तपुरस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी) मा शव परीक्षण गरिएको छ । शव परीक्षणको विस्तृत रिपोर्ट आउन बाँकी छ । तर, प्रारम्भिक रिपोर्ट अनुसार सुदीप पत्नी सम्झना र छोरा सुशान्तको टाउकोमा चोट देखिएको छ । छोरा सुशान्तको टाउकोमा चार पटक र श्रीमतीको टाउकोमा तीन पटक दाउले हिर्काएको देखिन्छ, महानगरीय अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले भने– सुशान्तको घाँटीमा हतियारले काटेको गहिरो चोट छ ।

सुदीपको शरीरमा चोट छैन् । उनले विष खाएर आत्महत्या गरेको पोष्टमार्टम रिपोर्टबाट पनि खुलेको छ । मुसा मार्ने ‘सेल्फस’नामक विषको दुईओटा बाहिरी खोल घरबाहिर बारीमा भेटिएको छ । विषको बट्टा घरको छतबाट फाल्दा बारीमा पुगेको हुनसक्ने अनुसन्धान अधिकृतहरु बताउँछन् । घरको पहिलो तल्ला जहाँ सुशान्त मृत भेटिए, त्यहाँ फलामको बिँड भएको दाउ र भान्सामा प्रयोग हुने चक्कु फेला परेको थियो । सुदीपले पहिलो श्रीमती र त्यसपछि छोराको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । आमा–छोराको भिसेरा परीक्षण गर्न प्रहरीले नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशालामा स्याम्पल पठाएको छ ।

सुदिप अधिकारी जगातीस्थित ओम्निका ल्याबोरेटरिजमा काम गर्थे । तर, अत्यधिक मदिरा सेवन गर्ने उनको बानीका कारण सो औषधि कम्पनीले उनलाई जागिरबाट निकाल्यो । पछिल्लो समय अधिकारी दम्पतीले निकोसेरास्थित घरको सटरमा किराना पसल चलाउँथे । १ आना तीन पैसामा बनेको सो घर बैङ्कमा धितो थियो ।

१ वर्षअघि कृषि विकास बैंकमा २३ लाख ८५ हजार ऋण लिएर उनीहरुले घर धितो राखे । किराना पसलमा सामान थप्न लकडाउन शुरु भएपछि ससुरालीसँग २ लाख ऋण लिए । ऋणको बोझ थियो, आम्दानी थिएन् । ब्याज तिर्न नसक्ने अवस्था भएपछि घरमा दैनिक झगडा हुन थाल्यो । ऋणको बोझ र घरझगडाले सुदीपले श्रीमती र छोरासँगै आफ्नो ईहलिला आफैंले समाप्त पारेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार