free website hit counter

दोश्रो दिन पनि ओरालै लाग्यो सुन

beemaadmin
२०७९ जेष्ठ १८, बुधबार

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर दोश्रो दिन गिरावट भएको छ । जेठ १८ गते, बुधबार सुन तोलामा ८०० रुपैयाँले सस्तिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९७ हजार २०० रुपैयाँमा झरेको छ । यस दिन तेजाबी सुन प्रतितोला ९६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार पनि सुन तोलामा २०० रुपैयाँले घटेको थियो । त्यस दिन सुन प्रतितोला ९८ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।
बुधबार चाँदीको भाउ पनि सस्तिएको छ । यस दिन चाँदी तोलामा २० रुपैयाँले ओरालो लाग्दा प्रतितोला एक हजार २५० रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबार दिन, चाँदी प्रतितोला १५ रुपैयाँले घटेर एक हजार २७० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित समाचार