free website hit counter

दोस्रो मृतकबारे यसाे भन्छन् चिकित्सक

beemaadmin
२०७७ जेष्ठ ४, आईतवार

आज भारतको मुम्बईबाट असुरक्षित यात्रा गर्दै बैशाख ३० गते नेपाल भित्रिएका बाँकेको नरैनापुरका २५ बर्षीय युवकको दीपेन्द्र माविको क्वारेन्टाइनमा मृत्यु भयो | उनी नेपाल गत मंगलबार आएका थिए अर्थात नेपाल आएको ५ दिनपछि उनको मृत्यु भयो |
.
कोरोना संक्रमण भएको व्यक्तिको संक्रमणकाल सामान्यतया २ – १४ दिनको हुन्छ | त्यसपछि लक्षण देखिएर मृत्यु हुनको लागि थप २ -३ हप्ता लाग्दछ |
.
यो मृत्यु प्रकरणबाट के बुझिन्छ भने उनी बिगत २-३ हप्ता पहिलेदेखि संक्रमित थिए | संक्रमित व्यक्तिलाई परिक्षण गरेर भारत सरकारले आइसोलेसनमा राखेर उपचार गर्नुपर्ने हो | विश्व स्वास्थ्य संगठनको नियम अनुसार तथा नेपाल र भारतका प्रधानमन्त्रीबीच भएको सहमति अनुसार यता भएका भारतीयलाई नेपाल सरकारले र उता भएका नेपालीलाई भारत सरकारले परिक्षण गर्ने, आइसोलेसनमा राख्ने, उपचार गर्ने तथा लकडाउन खुलेपछि हस्तान्तरण गर्नु पर्ने हो | तर भारतले असुरक्षित रुपमा संक्रमित नेपालीलाई नेपाल आउन दिइरहेको छ अर्थात नेपाल भित्र्याउन सहजीकरण गरेको छ | यो निकै गम्भीर कुरा हो | यो बिषयमा नेपाल भारतबीच पून: छलफल हुनु जरुरी छ |
.
त्यस्तै मृतकलाई शनिबार रातिदेखि ज्वरो आउने र झाडापखालाको समस्या देखिएको थियो |
.
विश्वब्यापी तथ्यांक हेर्ने हो भने यो उमेरका व्यक्ति जोखिम बर्गमा पर्दैनन् अर्थात यो उमेरका व्यक्तिको मृत्युदर ०.२ % मात्र छ |
.
मलाई लाग्छ, उनको RDT तथा PCR कुनै पनि परिक्षण गरिएको थिएन | र्यापिड टेस्टको नतिजा तुरुन्तै आउंथ्यो | त्यसमा पोजिटिभ देखिए उनी अस्पतालमा हुने थिए | उनको परिक्षण भएको भए PCR को रिपोर्ट नआएको पनि हुनसक्छ |
.
हामी कहाँ भएका अधिकांश क्वारेन्टाइन केन्द्र असुरक्षित र असुविधाजनक छन् | बेडबिचको दुरी, सौचालयको अवस्था, पंखा तथा खानेपानीको पर्याप्त ब्यबस्था धेरै ठाउँमा छैन |
.
उनलाई शनिबार रातिदेखि ज्वरो एबम झाडापखाला लाग्दा शरीरमा जलबियोजन भएर अर्थात Dehydration भएर उनको मृत्यु भएको हुनसक्छ | बाँकेको प्रचण्ड गर्मीमा उनलाई ज्वरो कम गर्ने, पखाला ठिक गर्ने तथा प्रशस्त मात्रामा जीवनजल पानी वा सलाइन दिइएको थियो कि थिएन ? यसको विवरण आउन बाँकी छ | त्यस्तै उनलाई कुनै दीर्घरोग थियो कि थिएन ? उनको स्वास्थ्य अवस्था कस्तो थियो ? हार्टएट्याक भएको हो कि हैन ? टत्युको कारण के थियो ? जस्ता अनुसन्धान गर्नु जरुरी छ | पोस्टमार्टमबाट धेरै अवस्था जानकारी हुनेछ ||
.
हामीकहाँ क्वारेन्टाइन सेन्टरबाट त्यहाँ बसेका व्यक्तिहरु भाग्ने कारण निराकरण गर्नु जरुरी छ | यो प्रचण्ड गर्मीमा स्वस्थ खाना, पर्याप्त खानेपानी, पंखा, हावा, प्राथमिक उपचार, योग, संगीत, मोटिभेसनल स्पिच, स्वास्थ्यकर्मीको ब्यबस्था तथा परिक्षणको सुगम ब्यबस्था गर्नु जरुरी छ | अन्यथा संक्रमितहरुले आफु संक्रमित भएको थाहा नपाइ मृत्युवरण गर्नुपर्ने नियति बढ्दै जानेछ | @ डा. रवीन्द्र पाण्डे

सम्बन्धित समाचार