free website hit counter

दोहोरो कर लाग्ने व्यवस्थाको सहजीकरण आवश्यक

beemaadmin
२०८२ चैत्र ४, बुधबार

काठमाडौं । नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले दोहोरो कर लाग्ने व्यवस्थाले सहभागीलाई अतिरिक्त भार परेको भन्दै यसको सहजीकरण गर्न आवश्यक रहेको बताएका छन् । कोषको ३६औं वार्षिकोत्सवका अवसरमा बोल्दै कार्कीले स्वरोजगारलाई पनि कोषमा आवद्ध गराउने गरि पेन्सन योजना ल्याएको बताउँदै त्यसमा दोहोरो करको भार पर्ने भएकाले सरकारले सहज बनाउन आवश्यक रहेको धारणा राखे । साथै, उनले अब मुद्दती निक्षेपमा केन्द्रित लगानीभन्दा परियोजनामुखी लगानीतर्फ कोष अघि बढ्ने स्पष्ट पारे । हाल कोषले सातवटा योजना सञ्चालन गर्दै करिब ३ सय अर्ब रुपैयाँ बराबरको कोष परिचालन गरिरहेको जानकारी दिए । उनका अनुसार करिब ७ लाख सहभागी आबद्ध रहेका छन् भने करिब ७ अर्ब रुपैयाँ पूँजी संकलन भएको छ । हाल कोषको करिब ५० प्रतिशत लगानी बैंकको मुद्दती निक्षेपमा रहेको र २२ प्रतिशत रकम कर्मचारीलाई कर्जाका रूपमा प्रवाह गरिएको उल्लेख गर्दै उनले अब यस्तो निर्भरता घटाउँदै सरकारले प्राथमिकतामा राखेका आयोजना तथा उत्पादनशील क्षेत्रमा लगानी विस्तार गर्ने रणनीति अपनाइएको बताए । उद्यमशीलता विकासलाई प्रवद्र्धन गर्न निजी इक्विटी ९प्राइभेट इक्विटी० क्षेत्रमा समेत लगानी गर्ने तयारी भइरहेको उनको भनाइ छ । साथै, कोषले आफ्ना दैनिक कार्यलाई डिजिटलमैत्री बनाउँदै सेवा प्रवाहलाई थप सहज र प्रभावकारी बनाइरहेको पनि उनले जानकारी दिए । कोषले सेयरधनी तथा सहभागीलाई दीगो र आकर्षक प्रतिफल दिँदै आएको दाबी गर्दै कार्कीले यस्तो प्रतिफल पूँजी बजारका अन्य कम्पनीहरूको तुलनामा प्रतिस्पर्धी रहेको बताए । तर, पछिल्लो समय ब्याजदरमा आएको गिरावटले कोषको आम्दानीमा असर परेको र बैंक तथा वित्तीय संस्थाबाट निक्षेपको माग घट्दा कोषमा रकम थुप्रिने अवस्था सिर्जना भएको उनले उल्लेख गरे । त्यस्तै, सामाजिक सुरक्षा कोष सँग कार्यक्षेत्र मिल्दोजुल्दो हुँदा प्रतिस्पर्धात्मक चुनौती थपिएको बताउँदै दुवै संस्थाको भूमिकामा स्पष्टता आवश्यक रहेकोमा उनले जोड दिए । सरकारको ग्यारेन्टीमा नेपाल वायुसेवा निगम लाई प्रवाह गरिएको करिब १२ अर्ब रुपैयाँ कर्जा बढेर २२ अर्ब रुपैयाँ पुगेको उल्लेख गर्दै यसको प्रभावकारी असुलीका लागि सरकारी सहजीकरण आवश्यक रहेको पनि उनले बताए । यसैबीच, स्वरोजगारमा रहेका नागरिकलाई समेट्ने उद्देश्यले ल्याइएको पेन्सन योजनामा दोहोरो कर लाग्ने समस्या रहेको भन्दै त्यसलाई समाधान गर्न सरकारसँग सहकार्य आवश्यक रहेको उनले पुनः दोहो¥याए ।

सम्बन्धित समाचार